latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

आलुका बोट सप्रिएपछि रसुवाका किसान खुसी
दक्षिणी भेगका खेतीयोग्य जमिनमा लगाइएका हिउँदे आलुको बोट सप्रिएपछि यहाँका किसान खुसी भएका छन् । धान उत्पादनपश्चात् गत मङ्सिरमा रोपिएका आलु गोडमेल गर्दा जरामा राम्रोफल भेटिएपछि किसानमा उत्साह बढेको हो । उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकाअन्तर्गत तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने हजारौँ किसान आलुखेतीमा सहभागी हुँदै आएका छन् ।

पहिरेबेँसी, बनुवा, मनिगाउँ, पहिरे, कुडुल्ले, गिद्धेखोला, जिबजिबे, गैरीगाउँ, रूप्सेपानी, भदौरे, सरमथली, दनुस्वारा, लगायतका फलाखु खोला, धोवी खोला, अँधेरी खोला एवं पाहाखोलाको पानीले पौँच पुग्ने क्षेत्रका आसपासमा आलु रोप्ने किसानले प्राथमिकता दिँदै आएका छन् ।

दक्षिणी भेकका अधिकांश खेतबारीमा आलुको साथसाथै हिउँदे तरकारी रोप्नसमेत जागरण आइसकेको छ । यो वर्षको उत्पादित आलु बिक्रीबाट रु तीन करोड आय हुनसक्ने स्थानीय किसानले अनुमान गरेका छन् । आलुका अतिरिक्त दैनिक जीविकोपार्जन सहज हुने गहुँ, तोरी, मुला, बन्दा, काउली, हरिया साजसब्जी जस्ता तरकारीमा पनि जागरण बढिरहेको बनुवाका विष्णुप्रसाद आर्चायले बताउनुभयो ।

आफ्नै खेतबारीमा अर्गानिक तरिकाले उत्पादन गरिएका थोरबहुत हिउँदे तरकारी बिक्रीको प्राप्त आयबाट अधिकांश किसानलाई नून, तेल जस्ता दैनिक अत्यावश्यक बस्तुको गर्जाेटार्नसमेत सहज भएको आर्चायले जानकारी दिनुभयो । उत्तरी रसुवाका अधिकांश भागमा हिमपात हुने र केही भागमा जमिन अत्यधिक चिसो हुने भएका कारण राम्चेदेखि उत्तरतर्फको पूरै भागमा भने बर्षे आलु मात्र रोप्ने चलन छ ।

राम्चे, धुञ्चे, भार्खु, हाकु, गोल्जुङ, गतलाङ, यार्सालगायतका क्षेत्रमा फागुनको तेस्रो हप्तादेखि आलु रोप्ने काम सुरू हुने किसान रामकाजी तामाङले बताउनुभयो । यतिखेर उत्तरी रसुवाका किसान बर्षेआलु रोप्नका लागि जमिन तयारी गर्ने काममा जुटेका छन् ।

फागुनमा रोपिएको आलु साउनको १५ देखि खन्न सुरु भई भदौसम्ममा बिक्री भइसक्ने र खरिदकर्ता गाउँटोलमै पुग्ने गरेका छन् । गएको वर्षा उत्तरी भेगमा करिब पाँच करोड बराबर बर्षे आलु उत्पादन भएको स्थानीय अनुमान रहेको छ ।

रसुवा जिल्ला हिमाली क्षेत्र भएको र गाई बाख्रापालन गरेर बारीमा मलखादको व्यवस्था गर्ने, विषादी औषधि प्रयोग नगर्ने परम्परा भएका कारण रसुवामा उत्पादित आलु बिक्रीले पहिलो प्राथमिकता पाउने गरेको किसान याकबहादुर लिम्बू बताउनुहुन्छ ।

विसं २०४० अगाडिसम्म काउली, आलु, लसुन, प्याज आदि खरिद गर्न पनि नुवाकोटको त्रिशूली बजार पुग्नुपर्ने थियो भने अहिले प्रत्येक किसानका बारीमा सब्जी उत्पादन हुनथालेको बताउँदै स्थानीय किसान भवनाथ पौडेलले भन्नुभयो, “सरकारले कृषि क्षेत्रमा ल्याएको जागरण जनहितकारी बन्दै गएको छ ।” पहिला परम्परागत मुला र रायोको सागमात्र उत्पादन गरिन्थ्यो भने अहिले कृषिको जागरण र सिँचाइको व्यवस्थापनले दैनिक तरकारीको परिकार फेरेर खाने चलन आएको बताइन्छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय