latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

को’रोना लागेका दम्पतीले धुवाँको गन्ध थाहा नपाउँदा घर ज’लेर खरानी

गोर्खाली खबर

टेक्सास : को-रोनाको उपचारार्थ एक दम्पतीले धुवाँको ग’न्ध थाहा नपाउँदा आफ्नै घर ज’लेर खरानी भएको हेर्नु परेको छ । घर मै को-रोनाको उपचार गरिरहेका सो दम्पतीले घरमा आँ’ग लागी हुँदा पनि धुँवाको ग’न्ध थाहा नपाउँदा सो अवस्था व्यहोर्नु परेको हो। सो घटना अमेरिकी राज्य टेक्सास स्थित एल्भर्ड टाउनको हो। गएको आइतबार श्रीमती कायला र श्रीमान नाथन डाहल राति आफ्नै घरमा सुतिरहेको समयमा सो घटना भएको हो।

घटना हुने समयमा डेढ वर्षे बालक ब्रान्डन डाहल सो दम्पती सुतिरहेको ओछ्यानमा बामे सर्दै पुगेका थिए। तोते बोलीमा ‘मम्मा तातो’ भन्दै आफ्ना आमाबुबा छेउँ पुगेका ती बालकले सपरिवार स’खाप हुनबाट जोगाएको वासिङ्टन पोष्टमा खबर छ । भा’गेर अन्य सन्तान सहित आफ्नो ज्या’न जो’गाउन सफल भए पनि सो दम्पतीले आफ्नो एक तले घर भने जोगाउन सफल भएनन्।

पाँच सन्तान सहित हाल सो परिवार आफन्तको घरमा बसोबास गरिरहेको बताइएको छ । सो दम्पतीमा गएको शुक्रबार मात्र को-भिड १९ संक्रमण पुष्टि भएको थियो । को-भिड १९ ले थला परेको सो दम्पतीले घरमै उपचार गराइरहेको थियो । को-भिडका कारण स्वाद, गन्ध र वास्ना थाहा नपाएका कारण सो दम्पतीले आफ्नो घर नै गुमाउनु परेको बताइएको छ।

‘सुरुमा मैले बुझे, छोराले लुगा फुकाल्न भनिरहेको होला। तर उसले घर ज’लिरहेकोबारे भन्न खोजिरहेको छ भन्ने कुरा एकछिन पछि मात्र थाहा भयो’ २८ वर्षीय कायलाले वासिङ्टन पोष्टसँग भनेकी छन्, ‘हामी को-भिडबाट निको भइरहेका थियौं। दुवैले स्वाद र गन्ध केही थापा नपाउने अवस्थामा थियौं। जसका कारण घर गुम्यो। तर छोराको कारण हामीले आफ्नो ज्या’न भने जो’गाउन सफल भयौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय