latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

गाउँमा घाँस दाउरा काट्दै हुर्किएकी मिना लामा

लोकप्रिय गायिका मिना लामा ‘तामाङ’ सालिन अनि लजालु स्वाभावकि छिन् । काठमाडौंको स्वयम्भूमा उनको जन्म हो, तर बाल्यकाल धादिङको बैरेनीमा बिताएकी हुन् । ”आफूलाई थाहा भएदेखी गीत संगीतमा असाध्यै रुचि राख्ने मिना लामा मेलापात, घाँस दाउरा देखि गोठाला

जाँदा सम्म पनि उनी रेडियो साथमै लिएर हिड्ने गरेको बताउँछिन् ।गाउँकै सरकारी स्कुलमा पाँच कक्षामा अध्ययन गर्दै गर्दा घरभन्दा अलि माथि आयोजना भएको एक सांस्कृतिक कार्यक्रममा भाग लिएर आफैंले सृजना गरेको गीत गाएर प्रथम भएपछि झनै आफूलाई हौसला मिलेको मिठो पल याद गर्छिन् । गाउँकै स्कुलमा पाँच कक्षा सम्मको पढाइ सकेर ६ कक्षा पढ्नको लागि बैरेनी बजारमा भर्ना भएपछिघरबाट दुई घन्टा उकालो ओरालो हिँडेरगाउँ र बजार गर्दै पढाइलाई अगाडि बढाउँदै गर्दा स्कुलमा आफ्नै साथीहरुले धेरै हेला गरेको बताउँछिन् उनी । स्कुलमा आफू मात्रै तामाङ भएकोले साथीभाइले भोटेनी भनेर जिस्काउँदा पनि नरिसाउने मिना, ”एकदिन सरले

सबैभन्दा अनुशासित बिद्यार्थी मिना लामा हो भनेर भनेपछि साथीभाइको नजरमा उनी राम्रो हुँदै गइन्,हिजोको दिनमा हेला गर्ने साथीहरूले माया गर्न थाले उनलाई ।सांगीतिक यात्रामा उनी बहराइन जान पाउने भए । बहराइन जान अघि प्रकाश कटुवालको शब्द संगीतमा पहिलो गीत रेकर्ड गराइसकेकी थिईन । सानो काम बिशेषले काठमाडौं सम्म आएकी मिना लामा नाताले पर्ने दिदी भेनाको डेरामा केहिदिन बस्दा साथीभाइको लहैलहैमा लागेर दोहोरी साझमा गीत गाउन पाउछ गीत छान्न पाउँछ भन्दै साथीहरुले फकाएपछि ललिपुर पुलचोक स्थित झरना दोहोरी साझमा पुगेको अविस्मरणीय क्षणलाई भुल्न नसक्ने बताउँछिन् । सुरुमा त गाउन सक्दिन होला भनेर आफूले अरुनै काम गर्छु भनेर दोहोरी सञ्चालकलाई बताउँदा दोहोरी साँझको सञ्चालकले झनै उनलाई ‘तिमिले गाउन सक्छौं” भनेर हौसला दिएपछि दोहोरी साझमा गायिका बनेर काम गर्न थाले।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय