latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

दुर्गाप्रसादकी आमा धनमायाको निधन
भारतीय जेलमा ४० वर्ष बिताएका दुर्गाप्रसाद तिम्सिनाकी आमाको निधन भएको छ । चालीस वर्ष विदेशी भूमिमा जेल जीवन बिताएर निर्दोष सावित भएका दुर्गाप्रसादकी आमा धनमायाको आइतबार ८४ वर्षको उमेरमा निधन भएको हो ।

दुर्गाप्रसादका नाति गोपाल तिम्सिनाका अनुसार इलाम माई नगरपालिका लुम्बाकस्थित घरमै उहाँको निधन भएको हो । केही दिनदेखि उहाँका हातगोडा सुन्निएर समस्या भएको थियो । दुर्गाप्रसाद विराटनगरमा बस्दै आउनुभएको थियो । उहाँलाई लिन गएकै बेला आमा धनमायाको मृत्यु भएको नाति गोपालले बताउनुभयो ।

जेलजीवन बिताएका दुर्गाप्रसाद गोपालका ठूलोबुबा हुनुहुन्छ । कलकत्तास्थित दमदम सेन्ट्रल जेलबाट छुटेर गत वर्ष मात्र घर आउनुभएका दुर्गाप्रसाद गाउँले जीवनसँग घुलमिल हुन नसकेकै कारण विराटनगर बस्दै आउनुभएको बताइएको छ । चार दशक जेलमा बिताएकाले पनि उहाँलाई गाउँमा बस्न समस्या भएको बताइएको छ ।

उहाँ हाल विराटनगरस्थित मानवसेवा आश्रममा बस्दै आउनुभएको थियो । दुर्गाप्रसाद र धनमायाको चार दशकपछि भेट भएको एक वर्ष बित्न नपाउँदै आमाको निधन भएको हो । दुर्गाप्रसाद धनमायाका जेठा छोरा हुनुहुन्छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय