latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

छोरा सुतिरहेको छ’ भन्दै अ’न्त्येष्टिपछि १५ वर्षदेखि मसानघाटमा बसिरहेकी छिन आमा

काठमाडौं। आमाको आफ्नो सन्तानसँग नाता बच्चा जन्मिनुभन्दा ९ महिना पहिल्यै जोडिन्छ । तर, एउटी आमा यस्ती पनि छिन् जसले छोराको मृ’त्यु भएको १५ वर्षपछि पनि उनलाई आफूबाट अ’लग्गिन दिएकी छैनन् ।

जहाँ छोराको अन्तिम संस्कार भयो आमाले त्यही मसानघा’टलाई नै आफ्नो घर बनाइन् ।तर, उनले यस्तो किन गरिन् ? यही प्रश्नको जवाफ खोज्न भारतीय अखबार दैनिक भास्करको टिम राजस्थानको सीकरको धर्माण मोक्षधाम पुग्यो । त्यहाँ उक श’वको अन्तिम संस्कारको तयारी चलिरहेको थियो ।

म’लामी पुरुषहरुको भि’डमा एउटी महिला देखिइन् । उनी त्यहाँ भएका मानिसहरुलाई पानी खुवाइरहेकी थिइन् भने अन्तिम सं’स्कारका लागि आएका म’लामीहरुको सहयोगको लागि दाउरा पनि जु’टाइरहेकी थिइन् ।जब चि’तालाई मु’खाग्नी दिइयो, महिला पनि त्यहाँबाट ओ’झेल परिन् ।

भास्कर टिमले मोक्षधाम समितिका मानिसहरुसँग महिलाबारे सोध्यो । उनीहरुले भने ‘महिलाको नाम राज कंवर हो । हेर्नुस् यहीँ कहीँ होलिन् । मसानघा’टबाहिर त कहिल्यै जान्नन् ।’ आसपास हेर्दा राज कंवर एउटा बिरुवाबाट फूल टिप्दै थिइन् ।उनले भास्करको टिमलाई केही कागज र अखबारको क’टिङ देखाउँदै भनिन् ‘मेरो छोराले आजसम्म न्या’य पाएन ।

दुनियाले उसलाई बि’र्सियो । उसले पनि मलाई बि’र्सियो तर मैले उसलाई कसरी बिर्सुं ?’ त्यसपछि उनले सबैलाई अ’न्तिम संस्कार गरिएको ठाउँमा लगेर देखाउँदै भनिन् ‘यहाँ सु’तिरहेको छ मेरो छोरा… इन्दर ।’उनका अनुसार ३ डिसेम्बर २००८ मा उनका २२ वर्षका छोरा इन्द्र सिंह सडक दु’र्घटनामा परेका थिए ।

सीकरको एसके अस्पतालमा उपचार गरिएको थियो तर उपचारकै क्रममा मृ’त्यु भयो । उनले अ’न्तिम पटक छोराको अनुहार समेत देख्न पाइनन् । शवलाई शिवधाम ध’र्माणा ल्याइयो । उनको छोराबाहेक कोही थिएन र छोराको पनि उनीबाहेक कोही थिएन ।

उनैले छोराको अ’न्तिम सं’स्कार गरिन् ।अन्तिम सं’स्कारपछि अ’स्थि वि’सर्जित गर्न उनी हरिद्वा’र गइन् । त्यहाँबाट फर्केर मसानघा’ट आइन् । १२ दिनसम्म त कसैले केही भनेनन् तर पछि भन्न थाले कि महिलाको मसानघा’टमा के काम ? राज कंवर

भन्छिन् ‘मैले उनलाई कसरी सम्झाउनु कि मेरो त जीवनभरको सम्पत्ति नै मसानघा’टमा छ उसलाई छोडेर म कसरी जाउँ ? मैले मानिसहरुको कुरा सुनिन । केही समयपछि उनीहरुले पनि भन्न छोडे । अब यही मेरो घर हो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय