latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

नेपाली केटिले छोडेपछी भारतीय युवकको बेहाल,श्रीमतीकै पर्खाईमा (भिडियो हेर्नुस

इन्डिया घर भई हाल नेपालको झापा जिल्लाको दमक बस्दै आएका काया मालीकि श्रीमती अस्मिता दाहाल ५ महिनाको गर्भ सहित केही महिना अघि सम्पर्क बिहिन भएको भन्दै काया केही समय अघि मिडियामा आएका थिए । मोरङ जिल्लाको उर्लाबारी घर भएकी अस्मितासँग २ वर्ष अगाडि कायाले प्रेम विवाह गरेका थिए । हिन्दु र मुस्लिम बिबाह गरेकोले अस्मिताको माइती घर समेत आफू कहिले नगएकोले उनको घर नदेखेको कायाले बताएका थिए ।

हराएको ३ महिना भन्दा धेरै बितिसक्दा पनि अस्मिताले कुनै सम्पर्क नगरेको अहिले कायाले बताएका छन । उनका अनुसार कोठाबाट निस्किएर जादाँ अस्मिताले आफुले अहिलेसम्म कमाएको १ लाख ४० हजार रुपैयाँ समेत लिएर गएको बताएका छन । अहिले काया मजदुरि गर्दै आएका छन । आफू अझै पनि श्रीमती अस्मिता फर्केर आउला कि भन्ने आशमा बसेको कायाले बअताएका छन । साथै अस्मिता फर्किएर आउँछ भन्ने आश समेत रहेको उनको भनाई छ ।

त्यसरी फरार भएकी अस्मिताको पेटमा आफ्नो ४ महिनाको बच्चा समेत भएको कायाले बताएका छन । आफू केही समय अघि मिडियामा आए पछि एक नम्बरबाट आफुलाइ फोन आएको कायाको भनाई छ । अफुले फोन उठाउँदा उताबाट हेलो मात्र भनेको अरु केही नबोलेको कायाको भनाई छ । स्वर सुन्दा आफ्नी श्रीमती अस्मिता कै रहेको कायाले बताए । आफुले फेरि त्यही नम्बरमा फोन गर्दा फोन नलाग्ने गरेको उनले बताएका छन । अस्मिताको पहिलेको नम्बर पनि बन्द भएको उनको भनाई छ ।

३ महिना देखी हराएकि श्रीमती अस्मिता आफुले धेरै तिर खोजी गरेको भएता पनि कतै नभेटेपछि आफू मिडिया आएको कायाले बताएका छिन । आफू मुस्लिम भएको कारण अस्मिताको परिवारले आफुहरुलाई स्वीकार नगरेको कायाले बताएका छ्न । तर अस्मिता हिन्दु नै भएपनी आफ्नो परिवारले भने अस्मितालाई स्विकार गरेको उनले बताए । आफुहरुले बिबाह गरे पछि अस्मिताको दाजुभाइले स्वीकार नगरेकोले दिदीसँग मात्र अस्मिताको कुरा हुने गरेको कायाले बताएका छ्न ।

आफू अस्मिताकै लागि ईन्डियामा बाबुआमा छोडेर यतै बसेको उनले बताए । अहिले घर जादाँ पहिले जुन केटिका लागि नेपाल बसेको त्यसैँसगँ जा भनी घरबाट पनि राम्रो ब्याबहार आफुलाई नगर्ने कायाले बताए । त्यसैले आफू मजदुरी गरेर पनि अस्मिताको पर्खाईमा रहेको कायाले बताएका छन । कतै अप्ठ्यारोमा परेर बसेकी होला कि जस्तो लाग्ने गरेको उनले बताए । आफुले यता बिहे गर्दा अस्मिता आउने पो हो कि भन्ने लाग्ने गरेकोले आफू बिबाह पनि नगरी अस्मिताकै पर्खाईमा अब बस्ने उनको भनाई छ । (भिडियो हेर्नुस)

https://youtu.be/Cco3mNcuZOE

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय