latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

यस्तो छ प्रियंका र निकको २ करोड डलर पर्ने यो महङ्गो घर (तस्बिरहरू)

प्रियंका र निकले लामो समयदेखि लसएन्जलसस्थित आफ्नो घर मर्मत र साजसज्जामा विशेष ध्यान दिइरहेका थिए। घरको वातावरण र बनावट शैली पारिवाररमैत्री बनाउने प्रयास भइरहेको पनि टाइम्स अफ इन्डियाले जनाएको छ। आफ्नो सन्तानलाई सहज हुने खालको घर बनाउन उनीहरूले लाखौं खर्चेको पनि बताइएको छ।

यो घर उनीहरूले दुई वर्षअगाडि किनेका हुन्। यो घरको मूल्य २ करोड डलरभन्दा बढी पर्ने बताइएको छ। प्रियंका र निकको यो घर त्यो क्षेत्रको महँगो घरमध्ये पर्छ। यो घरमा सात वटा सुत्ने कोठा, ११ वटा बाथरूम र पर्याप्त खुल्ला स्थान छ।

उनीहरूले यहाँ घर किन्दै परिवार बढाउने योजना बनाइरहेका थिए। त्यसैले घर फराकिलो, खुला र हरियाली भएको होस् भन्ने उनीहरू चाहन्थे। किन्नेबेलामा भनेजस्तो नभएका थुप्रै कुराहरू उनीहरूले पछि थप्दै, बनाउँदै गएका हुन्। यो काममा महिनौं खर्च भएको थियो।

प्रियंका र निकले लामो समयदेखि बच्चा जन्माउने योजना बनाइरहेको पनि इन्डिया टुडेले जनाएको छ। तर कामको व्यस्तताले उनीहरूले यो योजना धकेल्दै आएका थिए। पछि उनीहरूले एक एजेन्सीमार्फत् सरोगेसीबाट बच्चा जन्माउने निधो गरेका हुन्।

उनीहरूले सरोगेसीका लागि साउदर्न क्यालिफोर्नियाकै एक महिलाको सहयोग लिएको पनि इन्डिया टुडेले लेखेको छ। स्रोतका अनुसार ३९ वर्षीया प्रियंकालाई आफैं बच्चा जन्माउन स्वास्थ्यका कारण कुनै समस्या नभए पनि व्यस्तताका कारण उनले सरोगेसी रोजेकी हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय