latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

उदयपुरका युवकसँग टीकटक भाईरल बिनुले कसिन् लगन गाँठो

उदयपुर । पछिल्लो समय मनोरञ्जनका लागि अब्बल सामाजिक सञ्जाल टीकटकमा भाईरल बनेकी बिनु अधिकारी वैवाहिक बन्धनमा बाँधीएकी छन् । टीकटकमा लाखौ फलोअर्स भएको बिनुले उदयपुरका युवकसँग बिवाह गरेकी हुन् ।

झापा स्थायी घर भएकी बिनुले उदयपुर बेलका नगरपालिका वडा नम्बर ४ गुरुङचौरी भट्टराईचोक घर भएका युवक रमण पराजुलीलाई उनले पतिको रुपमा रोजेकी हुन् ।

स्रोतका अनुसार बिनु र रमण केही समयदेखि एक अर्काको प्रेम सम्बन्धमा रहेका थिए ।

राजधानी काठमाडौंस्थित नेपाल कमर्स क्याम्पसमा अध्ययनको क्रममा उनीहरुको चिनजान बिस्तारै प्रेममा परिणत भएको थियो ।

अध्ययनसँगै काठमाडौंमो व्यवसाय गरेर बस्ने रमेश र टीकटक भाईरल बिनु हाल दुवैजना पेप्सीकोला बस्दै आएका छन् ।

कोभिडका कारण सीमित आफन्त नातागोताबीच झापामा बिवाह भएको पारिवारिक स्रोतले जनाएको छ ।

सामाजिक सञ्जाल टीकटकमा लोकप्रिय बनेकी बिनु विशेष गरी मौलिक भिडियोहरु बनाउने गर्छिन् ।

पछिल्लो समय उनको टीकटकमार्फत बिभिन्न स्थानीय कम्पनी तथा व्यवसायिक क्षेत्रले आफ्नो व्यवसाय प्रबर्दनका लागि विज्ञापन समेत गर्ने गरेका छन् ।जेठोखबर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय