latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

‘केमेस्ट्री राम्रो बनाउन सहकर्मीसँग नजिक हुँदा म कसरी प्लेब्वाइ ?’ – पल शाह
‘केमेस्ट्री राम्रो बनाउन सहकर्मीसँग नजिक हुँदा म कसरी प्लेब्वाइ ?’ – पल शाह

 

काठमाडौं । मोडल तथा अभिनेता पल शाहलाई विभिन्न उपनाम दिने गरेको पाइन्छ । म्युजिक भिडियोका व्यस्त यी अभिनेताको विभिन्न महिला मोडलसँग नाम पनि जोडिने गरेको छ ।

केही समयअघि गायिका समीक्षा अधिकारीसँग उनको जोडिएपछि यसले निकै चर्चा पायो । यसरी महिला मोडलहरुसँग नाम जोडिएको आधारमा कतिपयले पललाई ‘प्लेब्वाइ हिरो’को ट्याग समेत भिराउने गरेका छन् ।

‘पहिले पहिले गाउँतिर कुनै केटीसँग बोल्दा, हाँस्दा, हात समातेर हिँड्दा लभ नै परेको भनेर हल्ला गरिन्थ्यो । तर यसो गर्दैमा लभ पर्छ भन्ने हुँदोरहेनछ

तर, अभिनेता पल शाह भने यो कुरालाई सोझै खण्डन गर्छन् । उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, ‘म मनोरञ्जन क्षेत्रमा काम गर्छु । त्यसैले महिला मोडलसँग नजिक भएर काम गर्नैपर्छ । कुनै पनि सहकर्मी कलाकारसँग केमेस्ट्री बनाउनका लागि भएपनि थोरै मिहिनेत गर्नैपर्छ ।’

पलले नजिक हुनुलाई प्लेब्वाइ नै भन्न नमिल्ने बताए । उनले अगाडि भने, ‘पहिले पहिले गाउँतिर कुनै केटीसँग बोल्दा, हाँस्दा, हात समातेर हिँड्दा लभ नै परेको भनेर हल्ला गरिन्थ्यो । तर यसो गर्दैमा लभ पर्छ भन्ने हुँदोरहेनछ । उनीहरुको सम्बन्ध मित्रतामा जोडिएको पनि हुनसक्छ ।’

पलले आफूलाई कुनै महिला कलाकारसँग केमेस्ट्री बलियो बनाउँदा ‘प्लेब्वाइ’ भनिन्छ भने आफ्नो भन्नु केही नरहेको बताए । तर, आफ्नो गल्ती नभएको उनको भनाइ छ ।मनास्लु खबर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय