latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

प्रिज्मासँग ब्रेकअपपछि ‘बले’को टिममा नयाँ ट्विनी गर्ल्सको ‘इन्ट्री’
प्रिज्मासँग ब्रेकअपपछि ‘बले’को टिममा नयाँ ट्विनी गर्ल्सको ‘इन्ट्री’

 

हास्य कलाकार तथा मोडल सागर लम्सालले आफ्नो टिममा ट्विन्स दिदी बहिनी स्मारिका र समारिका ढकाललाई भित्र्याएका छन् ।

शुक्रबार सार्वजनिक भएको नयाँ गीत ‘मायाको भोको’मा यी दुई मोडललाई अभिनय गराएका छन् ।

यसअघि सागरको टिममा प्रिज्मा र प्रिन्सी खतिवडाले काम गर्दै आएका थिए । तर प्रिज्मासँगको प्रेममा ब्रेकअप भएपछि सागरले स्मारिका र समारिकासँग सहकार्य गरेका हुन् । सागरले आफूलाई ट्विन्स नै फाप्ने गरेको बताउने गरेका छन् ।

गीत सार्वजनिक कार्यक्रममा पनि सागरले प्रिज्मा र प्रिन्सीको प्रश्नको सामना गर्नुपर्‍यो । उनलाई प्रिज्मा र प्रिन्सीसँग अब सहकार्य नगर्ने हो भनेर प्रश्न सोझियो । जसमा उनले भने, ‘हिजोका दिनमा केही भिडियो प्रिज्मा र प्रिन्सीसँग गर्दा अरुलाई नलिने हो भनेर प्रश्न आउने गरेको थियो । अहिले नयाँ टिमसँग काम गर्दा पनि प्रिज्मा र प्रिन्सी खोइ भनेर प्रश्न आउने गरेको छ ।’

प्रिज्मा र प्रिन्सी बाहिरिएर तपाईंहरु भित्रिँदा मिडियामा गसिप बन्छ भन्ने कुरालाई याद गर्नु भएको थियो कि थिएन भन्ने प्रश्नमा स्मारिकाले भनिन्, ‘हेर्नुहोस्, हामी कलाकार हौं । हामीलाई काम आएको बेलामा टिम र गीत हेरेर काम गर्ने हो । हामीले कामबाट नै आफ्नो क्षमता देखाउने हो ।’

सागरले एउटा ट्विन्स आउट भएर अर्को ट्विन्स इन भएको भनेर बुझ्न नहुने उनको तर्क थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय