latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

धानखेती बढे पनि उत्पादन घट्यो, आयात बढ्यो

विराटनगर – प्रदेश १ मा गत वर्षभन्दा यसपालि करिब चार हजार हेक्टरमा धानखेती बढेको छ । खेती बढे पनि उत्पादन भने घटेको छ । स्वदेशी उत्पादन घट्दा भारतबाट धान र चामल आयात बढेको छ ।

गत वर्ष ३ लाख ३२ हजार हेक्टरमा धान रोपाइँ भएको थियो । १३ लाख ११ हजार टन धान उत्पादन भएको थियो । यसपालि ३ लाख ३६ हजार हेक्टरमा धान रोपाइँ भएकोमा १२ लाख ८२ हजार टन मात्र उत्पादन भएको छ । धान पाक्ने समयमा परेको बेमौसमी वर्षाका कारण खेती बढे पनि यसपालि उत्पादन घट्यो । प्रदेश कृषि मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीका अनुसार बेमौसमी वर्षाले प्रदेशमा करिब ५० हजार हेक्टरको पाकेको धान क्षतिग्रस्त भएको थियो ।

उत्पादन घटेपछि जोगबनी नाकाबाट धान र चामलको आयात बढेको छ । चालु वर्षको पाँच महिनामा यो नाकाबाट दुई अर्बभन्दा बढी मूल्यको धान र चामल आयात भएको भन्सारको तथ्यांक छ । भन्सार अधिकृत अमित तिवारीका अनुसार साउनदेखि मंसिरसम्ममा १ अर्ब १२ करोड ७३ लाख ६६ हजार मूल्य बराबरको ४० हजार ६ सय ४१ टन धान र ८३ करोड ८३ लाख ८८ हजार मूल्य बराबरको १७ हजार ८ सय ३७ टन चामल आयात भएको छ ।

गतवर्षभरिमा यो नाकाबाट ३ अर्ब ५० करोड ३६ लाख ३२ हजार मूल्यको १ लाख १५ हजार २ सय ९४ टन धान र २ अर्ब ३४ करोड ३५ लाख ७७ हजार मूल्यको ५२ हजार ६ सय ८१ टन चामल आयात भएको तिवारीले बताए । झापा, मोरङ र सुनसरीमा प्रधानमन्त्री एकीकृत कुषि परियोजनाअन्तर्गत धान जोन कार्यक्रम लागू गरिएको छ ।

झापामा गत वर्ष ८५ हजार ७ सय ५० हेक्टरमा धान रोपाइँ हुँदा ४ लाख १५ हजार ६ सय २५ टन धान उत्पादन भएको थियो । यसपालि करिब दुई हजार हेक्टर बढी ८७ हजार ५ हेक्टरमा रापाइँ गर्दा ४ लाख २३ हजार टन मात्र उत्पादन भएको छ । मोरङमा गत वर्षभन्दा ११ हजार टन धान उत्पादन घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय