latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

अलैँची उत्पादनमा वृद्धिः किसानले भने पाएनन् उचित मूल्य
खोटाङ, १३ माघ (रासस) ः
जिल्लामा अलैँची उत्पादनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत आर्थिक वर्षमा २४५ मेट्रिक टन अलैँचीको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ ।

केन्द्रका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा ५४२ मेट्रिक टन अलैँची उत्पादन भएकोमा गत आर्थिक वर्षमा ७८७ मेट्रिक टन उत्पादन भएको हो । उत्पादनमा वृद्धि भएपनि यसले उचित मूल्य पाउन सकेको छैन । महत्वपूर्ण नगदेबालीको रुपमा रहेको अलैँची खेतीप्रति उत्साहित किसान उचित मूल्य नपाउँदा भने निराश देखिएका छन् ।

कुनै समयमा राम्रो मूल्यमा बिक्री हुने गरेको कारण अलैँची खेतीमा हौसिएर जिल्लाका किसानले अलैँची उत्पादन वृद्धि गर्न थाले पनि अहिले भने जस्तो उचित मूल्य पाउन नसक्दा अलैँची उत्पादक किसान निराश बन्न थालेका हुन् । विगतका वर्षमा रु तीन हजारदेखि तीन हजार ५०० प्रतिकिलो मूल्यमा बिक्री हुने गरेको अलैँची अहिले रु ८७५ देखि एक हजारसम्म मात्र बिक्री हुने गरेको किसानको भनाइ छ ।

मौसम अनुकूल र रोगको प्रकोप कम भएका कारण यो वर्ष जिल्लामा अलैँचीको उत्पादन बढेको केन्द्रका सूचना अधिकारी एवम् कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताउनुभयो । जिल्लामा अलैँची खेतीका लागि उपयुक्त १४ हजार दुई हेक्टर क्षेत्रफलमध्ये यो वर्ष १० हजार ६४ हेक्टर जग्गामा लगाइएको थियो । खेर गएको भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा उत्पादन हुने अलैंची बिक्रीबाट जिल्लामा वार्षिक रु तीन करोडभन्दा बढी रकम भित्रिने गरेको छ ।

यहाँ उत्पादित अधिकांश अलैँची निकासी भइसकेको छ भने कतिपय निकासीको चरणमा छ । कतिपय किसान अलैँचीको बजारभाउ बढ्ने र त्यही मौकामा बिक्री गर्ने योजनामा पनि छन् । अलैँची खरिद गर्नका लागि ठेकेदारले ट्याक्टर लिएर किसानका घर–घरमा पुग्ने गरेका छन् । केही वर्षयता अलैँचीको भाउ निरन्तर ओरालो लागे पनि यसको व्यवसायिक खेतीप्रति किसानको आकर्षण भने घटेको छैन । केही रोपनी जग्गाबाट अलैँची खेती शुरु गरेका किसानले वर्षेनी अलैँची खेतीको क्षेत्र बिस्तार गरिरहेका छन् । कतिपयले जग्गा भाडामा लिएरसमेत अलैँचीको व्यवसायिक खेती शुरु गरेका छन् ।

अन्नबालीका लागि दिनरात खट्नुपर्ने तथा अलैँचीका लागि थोरै समय दिँदा पनि मनग्य आम्दानी हुने भएपछि जिल्लाका किसान अलैँची खेतीप्रति आकर्षित भएका हुन् । पहिला–पहिला अलैँचीको मूल्य राम्रो भएका कारण आर्थिक आम्दानीको लागि अलैँची खेतीमा लागेका किसान हिउँद, बर्खा दुःख ऋणपान गरेर भएपनि अलैँची उत्पादन ग¥यो, तर यसको उचित मूल्य नपाउँदा उनीहरु अहिले निराश भएका छन् ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय