latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

खेत मासेर रिसोर्ट !
तनहुँ, १२ माघ (रासस) :

खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी बकबहादुर गुरुङले म्याग्दे गाउँपालिका–६ स्थित भुलभुलेमा ठूलो रकम खर्चेर रिसोर्ट निर्माण गर्नुभएको हो ।

सिङ्गापुरे सिपाहीबाट अवकाश लिनुभएका गुरुङले करिब रु साढे चार करोड खर्च गरी सिंह भिलेज रिसोर्ट प्रालि निर्माण गर्न लाग्नुभएको हो । पृथ्वीराजमार्गसँगै जोडिएको खेत देख्दा रहर लागेर किनेँ तर खेत रोप्न पानीको सुविधा नभएपछि विकल्पका रूपमा रिसोर्ट बनाउन लागिएको गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “राजमार्गसँगै जोडिएको जग्गा भएकाले केही गरौँ भनेर रिसोर्ट निर्माण गरेको हुँ ।” रिसोर्टसम्बन्धी आफूलाई कुनै पनि जानकारी नभए पनि काम गर्न सक्छु भनेर करिब नौ रोपनी क्षेत्रफलमा स्वीमिङ पुल, कटेजलगायतका भौतिक संरचना निर्माण गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

स्वदेशमा रहेर केही गरौँ र केही व्यक्तिलाई रोजगारी दिऔँ भन्ने भावना पलाएपछि आफू यसतर्फ अग्रसर भएको गुरुङ बताउनुहुन्छ । उक्त रिसोर्ट निर्माण गर्न थालेको दुई वर्ष बितिसक्यो अझै सम्पन्न गर्न सकिएको छैन । उहाँले भन्नुभयो, “अघिल्लो वर्षको कोरोनाले पनि काम गर्न सकिएन, अहिले पनि उही चाल होलाजस्तो देखिएको छ ।”

पटक–पटकको कोरोनाका कारण निरन्तर निर्माणकार्य गर्न नसक्दा निर्माण प्रभावित भई आर्थिक भार वृद्वि हुँदा कठिनाइ भोग्नुपरेको उहाँले दुःखेसो पोख्नुभयो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय