latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

लडेर किशोरीको मृत्यु
खलङ्गा,९ माघ
जुम्लामा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ । जुम्ला तातोपानी गाउँपालिका–७ निवासी १८ वर्षीय सविता रावतको मृत्यु भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सिङ निर्देशक सविना थापाका अनुसार किशोरी सविताको उपचारका क्रममा आज मृत्यू भएको हो । भिरबाट लडेर बेहोस अवस्थामा शुक्रबार राति उहाँलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पु¥याइएको र होस नआएर मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

स्थानीयवासी धनसिंह रावतका अनुसार शुक्रबार वनमा जडीबुटी कोर्न गएको समयमा भिरबाट लडेर रावत बेहोस हुनुभएको थियो । उहाँलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लिएर उपचार आइसियुमा उपचार भए पनि होस नफर्किएर मृत्यु भएको थियो । किशोरी रावत चन्दननाथ माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत हुनुहुन्थ्यो ।
–––

तस्बिर फाइल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय