latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

करेन्ट लागेर गिद्ध मरे
तनहुँ, ९ माघ
छाडा चौपायालाई व्यवस्थित गर्न थालेपछि जिल्लमा फाटफुट मात्रामा गिद्ध देखा पर्न थालेका थिए । छाडा चौपायाले किसानको बाली खाएर नोक्सान गरिदिने, सडक अवरुद्ध गरेर दुर्घटना निम्त्याउने, सडक, बस्ती फोहर गर्न थालेपछि व्यास नगरपालिकाको सक्रियतामा व्यास–१० शिशुवा भतेरीमा गौ संरक्षण केन्द्र स्थापना गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले गौ संरक्षण केन्द्र आसपासबाट भोर्लेटार–दमौली ३३ केभी प्रसारण लाइन विस्तार गरेपछि गिद्ध करेन्ट लागेर धमाधम मर्न थालेका छन् । शिशुवा–भतेरीमा छाडा चौपाया सङ्कलन गरी गौ संरक्षण केन्द्र स्थापना गरेसँगै मरेका पशु खान दिनमा विभिन्न किसिमका सयौँ गिद्ध आउने गरेको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “गौ संरक्षण केन्द्र आसपास क्षेत्रमा छ–सात किसिमका गिद्ध देखा पर्न थालेका छन् ।” हालसम्म करिब ६०–७० गिद्ध करेन्ट लागेर मरिसकेको बताइएको छ । धेरै गिद्ध करेन्ट लागेर मर्न थालेपछि प्राधिकरणलाई यस क्षेत्रको नाङ्गो तार व्यवस्थित गर्न र पोलिथिन पाइपले कभरिङ गर्नका लागि आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।

प्राधिकरणले राम्रोसँग विद्युत् पोलको अर्थिङ नमिलाउँदा अर्थिङमा परेर केही समयअघि एक स्थानीय बालकसमेत घाइते भएको स्थानीयवासी रामप्रसाद सापकोटाले बताउनुभयो । केन्द्रमा हाल १०० को हाराहारीमा छाडा छोडिएका पशुचौपाया छन् । स्थानीयदेखि उन्नत जातसम्मका गाई संरक्षण केन्द्रमा छन् । मानिसले गाईले दूध दिँदासम्म पाल्ने र यसपछि छाडिदिने प्रवृत्ति बढेपछि नगरपालिकाले सो केन्द्र स्थापना गरी संरक्षण गर्दै आएको हो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय