latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

भारतबाट नेपाल फर्किने अधिकांश कोरोना संक्रमित

काठमाडौं, ८ माघ : पश्चिमी सीमा नाका झुलाघाट नाकाबाट स्वदेश फर्किने अधिकांशमा कोरोना पुष्टि हुन थालेको छ।

झुलाघाट नाकाबाट स्वदेश फर्किने सुदूरपश्चिमका बैतडी, बझाङ, बाजुरालगायतका जिल्लाका संक्रमितलाई स्वास्थ्य कार्यालय बैतडीको एम्बुलेन्सले ओसार्नुपर्ने बाध्यता सिर्जना भएको छ।

“सीमा नाकामा होल्डिङ सेन्टर नहुँदा संक्रमण पुष्टि भएकालाई कहाँ राख्ने ? स्थानीय तहका एम्बुलेन्स लिन आउँदैनन्”, स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले भने, “संक्रमितलाई अलपत्र छोड्नु भएन।

स्वास्थ्य कार्यालयमा रहेको एउटा एम्बुलेन्सले बैतडीदेखि बझाङसम्मका संक्रमित ओसार्नु परेको छ।”

बैतडीकै स्थानीय तहमा भएका एम्बुलेन्स पनि आफ्नो पालिकाका नागरिकलाई लिन सीमा नाकासम्म नआउँदा सम्बन्धित पालिकासम्म पुर्याउनु परेको उनको भनाइ छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय