latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

कोरोनाका कारण जिल्ला प्रशासनको सेवा स्थगित
सुदूरपश्चिम, ८ माघ
कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कैलाली जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरेको छ । कार्यालयद्वारा जारी सूचनामा कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको र सेवाग्राहीको अत्यधिक भीड हुँदा सङ्क्रमण झन बढ्ने भएकाले यही माघ ९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरिएको बताइएको छ ।

अत्यावश्यक सेवा लिन आउनेले पनि तोकिएका स्वास्थ्य सुरक्षालगायत मादण्ड पूर्ण पालना गर्नुपर्नेसमेत सूचनामा जनाइएको छ । दिपायलस्थित स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार गएको हप्तामा प्रदेशमा नमूना परीक्षण गरिएका १२ हजार ३१६ जनामध्ये झण्डै २४ प्रतिशत अर्थात् दुई हजार ९३४ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टी भएको थियो । कोरोना फैलिएयता हालसम्म प्रदेशमा चार लाख ६१ हजार ३२८ व्यक्तिको नमूना परीक्षण भइसकेको छ । नमूना परीक्षण भएको यो सङ्ख्या प्रदेशको कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ को झण्डै १८ प्रतिशत हो । हालसम्म ५३ हजार ११४ जना सङ्क्रमित भएका छन् ।

प्रदेशको पहाडी जिल्लाको तुलनामा तराईका दुई जिल्ला कैलाली र कञ्चनपुर यो रोगको सङ्क्रमणबाट बढी सताइएका भएका छन् । दोस्रो लहरको कोरोनाको सङ्क्रमणका बेला गत वैशाख र जेठ महिनामा यो रोगको सङ्क्रमणदर र मृत्युदर उच्च थियो । असार महिना सुरु भएसँगै केही घटेको थियो । तेस्रो लहरको कारोना सङ्क्रमणसँगै गएको पुस अन्तिम सातादेखि एकाएक कोरोना सङ्क्रमण उकालो लागेको हो ।तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सर्वसाधारणबाट भइरहेको लापरवाहीले यो रोगको सङ्क्रमण बढ्नसक्ने देखिएको स्वास्थ्यकर्मीको भनाइ थियो । रोग रोकथामका लागि निषेधाज्ञा जारी गरिए पनि सर्वसाधारणको चहलपहल नरोकिँदा रोगको थप जोखिम रहेको स्वास्थ्यकर्मीको भनाइ थियो ।सर्वसाधारणबाट तोकिएको मास्क प्रयोग नगरी जथाभावीरुपमा हिँड्ने, एकापसमा सामाजिक दूरी कायम नगर्ने र स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालनामा कमी कमजोरी देखिएको उनीहरूको गुनासो थियो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय