latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

सबभन्दा धेरै पारिश्रमिक लिने दक्षिण भारतीय अभिनेत्री, कसले कति ?

सबभन्दा धेरै पारिश्रमिक लिने दक्षिण भारतीय अभिनेत्री, कसले कति ?
दक्षिण भारतीय फिल्म ‘पुष्पाः द राइज’ सुपरहिट भयो। अल्लु अर्जुन र रश्मिका मन्दनाको मुख्य भूमिका रहेको यो फिल्म सन् २०२१ कै सबभन्दा धेरै कमाउने फिल्म हो।

पुष्पा तीन सय करोड भारू कमाइको नजिक छ। सिनेमा हलका साथै अमेजन प्राइम भिडिओमा पनि रिलिज भइसकेको फिल्मको कमाउने क्रम जारी छ।

यो फिल्मको सफलतासँगै दक्षिण भारतीय फिल्म उद्योगमा निकै रूचाइएकी रश्मिकाले हालै आफ्नो पारिश्रमिक पनि बढाएकी बलिउड लाइफले लेखेको छ।

बलिउड लाइफका अनुसार रश्मिकाले आफ्नो पारिश्रमिक बढाएसँगै उनी तेलेगू फिल्मकी महँगी अभिनेत्री बनेकी छन्।

यी टलिउडका महँगा अभिनेत्रीहरू

पूजा हेज

बलिउड फिल्ममा समेत प्रवेश गरिसकेकी पूजा हेज टलिउडकी महँगी अभिनेत्री पर्छिन्। उनले एक फिल्मको साढे तीन करोड भारू लिन्छिन्।

रश्मिका मन्दनाः

रश्मिकाले पुष्पा फिल्मभन्दा अगाडि एक फिल्मको दुई करोड भारू लिन्थिन्। पुष्पाका लागि उनले तीन करोड भारू मागेकी थिइन्। निर्माताले उनले मागे जति पारिश्रमिक दिइएको बताइएको छ। रश्मिका टलिउडकै दोस्रो महँगी अभिनेत्री हुने छिन्।

सामन्था रूथ प्रभु

रश्मिकाको पारिश्रमिक बढ्नुभन्दा अगाडि सामन्था दोस्रो धेरै पारिश्रमिक लिने अभिनेत्रीमा पर्थिन्। उनले एक फिल्मको दुई करोड भारू लिँदै आएकी छन्।

अनुष्का सेट्टी


‘बाहुबली’ जस्तो ऐतिहासिक फिल्मकी हिस्सा बनेकी अनुष्काले पनि एक फिल्मको दुई करोड भारू लिन्छिन्।

कीर्ति सुरेश


‘महानती’ फिल्मका लागि नेसनल अवार्ड जितेकी कीर्ति सुरेशले पनि एक फिल्मका लागि दुई करोड भारू लिन्छिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय