latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

काठमाडौँमा तीन व्यक्ति मृत्त फेला
काठमाडौँ, ८ माघ
काठमाडौँका विभिन्न क्षेत्रमा शुक्रबार तीन व्यक्ति मृत फेला परेका छन् ।

यहाँस्थित बुढानीलकण्ठ नगरपालिका–२ भङ्गाल डेरा गरी बस्ने महोत्तरी बर्दिवासकी ४५ वर्षीया सविता थापा मृत्तावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै काठमाडौँ महानगरपालिका–१९ ढोकाटोलस्थित सडकपेटीमा एक पुरुष र पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष काठमाडौँ–१९ मा मृत्त फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तीन वटै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
–––

हत्याका प्रतिवादी नौ वर्षपछि पक्राउ
काभ्रेपलाञ्चोक, ८ माघ

हत्यामा संलग्न भई नौ वर्षदेखि फरार रहेका बेथानचोक गाउँपालिका–४ का ३३ वर्षीय निलबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । नौ वर्षअघि साविक चलालगणेशस्थान गाविस–२ का १८ वर्षीय एन्जल तामाङको हत्यामा संलग्न भई निलबहादुर फरार अवस्थामा रहिआएको प्रहरीले जनाएको छ ।

उनलाई भक्तपुरको दूधपाटीमा लुकीछिपी बसेको अवस्थामा शुक्रबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार २०६९ कात्तिक ८ गते स्थानीय गणेश निम्न माध्यमिक विद्यालयमा सांस्कृतिक कार्यक्रमका क्रममा दुई गाउँलेबीच झडप हुँदा प्रतिवादीसमेतले धारिलो हतियार प्रहार गरी एन्जलको हत्या गरेका थिए ।

अदालतले २०७४ असार १४ गते प्रतिवादी निलबहादुरलाई २० वर्ष कैद सजाय फैसला सुनाएको थियो । प्रहरीले यसअघि गत मङ्गलबार एन्जलको हत्यामा संम्लग्न भएका अर्का एक प्रतिवादी बेथानचोक गाउँपालिका–४ का फौदे भनिने २५ वर्षीय पोते तामाङलाई पक्राउ गरेको थियो । उनलाई पनि जिल्ला अदालतले सोही दिन २० वर्ष कैद फैसला सुनाएकामा कार्यान्वयनका लागि अदालत पेश गरिएको प्रहरीले जनाएको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय