latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

खोटाङमा १३ वर्षीया बालिकालाई २० हप्ताको ग र्भवती बनाएको आरोपमा एक शिक्षक पक्राउ

 

खोटाङ । १३ वर्ष उमेरकी एक बालिका बला त्कार गरेको आरोपमा खोटाङमा एक जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको रावाबेंसी गाउँपालिका वडा नम्बर २ खार्पाका ३१ वर्षीय शिक्षक किशोर पोखरेललाई खोटाङ प्रहरीले समातेको हो ।

 

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार पोखरेलले खार्पास्थित भाषा आधारभूत विद्यालयमा पढाउदै आएका छन् । आफूले पढाउदै आएको गाउँकै बालिकालाई क रणी गरेको जाहेरी परेपछि नियन्त्रणमा लिइएको खोटाङ प्रहरी प्रवक्ता इन्स्पेक्टर सागर साहले जानकारी दिए ।

 

गत भदौ ९ गते ती बालिका पहिलो पटक शिक्षकबाट बला त्कार मा परेकी थिइन् । त्यसलगतै ती शिक्षकले उनलाई पटक पटक बला त्कार गर्ने गरेको प्रहरीमा दर्ता जाहेरीमा उल्लेख छ ।

 

पछिल्लो पटक केही दिनअघि शिक्षक पोखरेलले क रणी गरेपछि ती बालिकाको अभिभावकले बिहीबार जाहेरी दिएका थिए ।

 

अभिभावकबाट प्राप्त जाहेरी दर्ता भएलगतै खोजतलास व्यापक बनाएको खोटाङ प्रहरीले शुक्रबार नै पक्राउ गरेको हो ।

 

संलग्न आरोपित पोखरेललाई अनुसन्धानका लागि जिल्ला अदालत खोटाङबाट एक हप्ताको म्याद समेत थप भइसकेको छ ।

 

प्रहरीका अनुसार ती बालिकाको पे टमा २० हप्ताको बच्चासमेत स्वास्थ्य रिपोर्टमा देखिएको छ ।जेठोखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय