latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

सडक निर्मांणले स्थानीयमा हौसला

ऐतिहासिक चण्डी बजारको संरक्षण
भोजपुर, ३० असारः यहाँको रामप्रसादराई गाउँपालिका– ८ मा रहेको‘ चण्डी बजार’ संरक्षण गरिएको छ । किराँत संस्कृतिको ऐतिहासिक स्थलका रुपमा रहेको यो स्थानको वडाले संरक्षण गरेको हो ।

वडाध्यक्ष बाचकुमार राईका अनुसार किराँतहरुको आस्थाको केन्द्रको रुपमा रहेको यो स्थानको विकास गर्ने लक्ष्यले वडाले रु चार लाख बजेट विनियोजन गरेर संरक्षण गरेको हो । “किराँत संस्कृतिको जर्गेना गर्ने लक्ष्यले चण्डी बजारको संरक्षण गरेका छौँ” वडाध्यक्ष राईले भन्नुभयो,“यो स्थानको संरक्षण नहुँदा स्थानीयलाई समस्या थियो । स्थानीयको मागलाई ध्यानमा राख्दै ऐतिहासिक तथा साँस्कृति स्थलको सरक्षण गरेका हौँ ।”

यो स्थानमा किराँत राईहरुले वर्षमा उद्यौली, उभौलीमा पूजाआजा गर्ने स्थानीयवासी दलबहादुर राईले बताउनुभयो । यहाँको किराँत साकेन्वा चोकमा किराँत संस्कृतिको उजागर हुने गरी संरचना निर्माणले संस्कृतिको जर्गेनामा टेवा पुगेको उहाँको भनाइ छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय