latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

काठमाडौँ, २२ जेठ (रासस): नेपाली चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको १०० औँ दिनमा प्रवेश गरेको छ । गत वर्षको फागुन १४ गते सार्वजनिक प्रदर्शन भएको उक्त चलचित्रले काठमाडौँको न्युरोडमा रहेको रञ्जना सिनेप्लेक्स चलचित्र भवनमा प्रदर्शनको एकसय दिन पूरा गरेको निर्माता नवीन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“पहिलो चलचित्रमा प्राप्त गरेको मायाप्रति म निकै आभारी छु । समसामयिक विषयलाई समेटेर चलचित्र निर्माण गरेकै कारण दर्शकले रुचाउनुभयो, यसले हौसला र दायित्व दुवै थपेको छ । आगामी दिनमा थप राम्रो गर्ने प्रयास हुनेछ ।”

निर्माता श्रेष्ठले आगामी चलचित्र ‘पाँच पाण्डव’ निर्माण गर्ने घोषणा गर्नुभएको छ । उक्त चलचित्रको पटकथा सुशील पौडेलले तयार गरिरहनुभएको छ भने वसन्त निरौलाले निर्देशन गर्नुहुनेछ । उक्त चलचित्र आगामी भदौ आसपासमा छायाङ्कन गर्ने तयारी गरिएको श्रेष्ठले बताउनुभयो ।

उहाँले ‘लाज शरणम् २’ नामक चलचित्र पनि निर्माणको तयारी भइरहेको जानकारी दिनुभयो । डिजिटल प्रविधिमा चलचित्र हुने समयमा ‘लाज शरणम्’ ले प्रदर्शनको सय दिनु पूरा गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

उक्त चलचित्रमा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, महेश त्रिपाठी, मुकुन्द श्रेष्ठ, विजय लामा, रेणुनाथ योगी, सागर लम्साल, हरि निरौला, अर्जुन घिमिरे, कमलमणि नेपाल, प्रियाना आचार्य, दयाहाङ राई र बुद्धि तामाङलगायतले अभिनय गर्नुभएको छ । कुमार कट्टेल (जिग्री) ले चलचित्रमा निर्देशन गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय