latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

पहिलो सगरमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित उक्त फिल्मको शुट्टिंगका लागि बन्दीपुर बजारलाई पुरानो शैलीमा सिङ्गारिएको छ ।

यतिबेला नेपालका विभिन्न थलोमा हलिउड फिल्म ‘टासी’को छायांकन भैरहेको छ । यसैसाता ललितपुरको पाटनमा फिल्मको महत्वपूर्ण दृश्य सुटिङ गरियो ।
पाटनको छायांकन सेटबाट प्राप्त भिडियो र तस्वीरमा क्यारेक्टर लुक्स र सेटिङ देखिन्छ । नेपालको पुरानो वेभभुसा, खर्पन राखेर तयार पारिएको हाट बजार, भरिया लगायतको प्रप्सबाट यो फिल्मको सेटिङ बुझ्न सकिन्छ ।
पाटनको छायांकन सेटबाट फिल्मको एक्सक्लुसिभ तस्वीर प्राप्त भएको छ जहाँ हलिउड स्टार टम हिडल्ट्सनलाई देख्न सकिन्छ । उनी पूर्णतः क्यारेक्टर लुक्समा देखिएका छन् । यो फिल्ममा हिडल्ट्सनले पहिलो सगरमाथा आरोही एडमण्ड हिलारीको भूमिका निर्वाह गरेका छन् ।
केही दिनअघि अर्का अभिनेता विलियम डफो पनि बौद्ध स्तुपाअघि फ्यानसँग देखिएका थिए । यो फिल्मलाई काठमाडौंसहित सिन्धुपाल्चोक, सोलु खुम्जुङ र बन्दीपुरमा छायांकनको तयारी छ । यो फिल्मले पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको कथा भन्छ । यो फिल्मको निर्माण चाहिँ अस्कर विजेता फिल्म ‘द किङ्स स्पिच’को निर्माता कम्पनी सी–स फिल्म्सले गर्दैछ ।
अहिले ३०० भन्दा बढी क्रूसहित यो हलिउड टोली नेपालमा । यो फिल्मलाई एप्पल कम्पनीले विश्वब्यापी वितरण गर्दैछ । ‘शेर्पा’ र ‘माउण्टेन’जस्ता चर्चित डकुमेन्ट्री निर्देशन गरेकी जेनिफर पिडमले यो फिल्मको निर्देशन गरिरहेकी छन् । #Nepal #Hollywood

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय