latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

काठमाडौँ, १९ जेठः सरकार र यातायात व्यवसायीबीच वार्ता सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्थको नेतृत्वमा गठन भएको वार्ता टोली र यातायात व्यवसायीबीच वार्ता सुरु भएको गृहमन्त्रालयका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिनुभयो ।

यसअघि आजै गृहमन्त्री रमेश लेखकसहित बसेको बैठकले पन्थको नेतृत्वमा वार्ता टोली गठन गरेको हो । गण्डकी प्रदेश सरकारले जारी गरेको ‘राइड सेयरिङ’सम्बन्धी नियमावलीको विरोधमा आज यातायात व्यवसायीले गाडी चलाउन रोकेका थिए । जसका कारण बिहानदेखि जनजीवन प्रभावित भएको छ ।

उपत्यकामा साझा बस भने न्यून मात्रामा सञ्चालनमा छन् । यात्रुहरु यातायातका साधन नपाउँदा सडकमै बस कुरेर बरिसहेका थिए । यातायात व्यवसायीले पनि नौ सदस्यीय वार्ता टोली गठन गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष एवं वार्ता टोलीका सदस्य सरोज सिटौलाले सरकारसँग वार्ता गर्न नौ सदस्यीय समिति गठन गरिएको र वार्ता सुरु भएको जानकारी दिनुभयो ।

पन्ध्र जना पक्राउ

यसैबीच आज यातायात बन्द गराउँदै हिँड्ने १५ बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले देशभर गरेर यातायात बन्द गराउँदै हिँड्ने उनीहरुलाई नियन्त्रणमा लिइएको बताउनुभयो । उपत्यकामा प्रहरीले दुई बस सञ्चालन गरी निःशुल्क बस सेवा प्रदान गरिरहेको उहाँले बताउनुभयो ।

यस्तै, अन्य क्षेत्रमा अलपत्र परेका यात्रुलाई ‘स्कटिङ’ गरेर गन्तव्यतर्फ पठाउने कार्य जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय