latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

काठमाडौँ, १६ जेठ : नेपाली राजदूतावास अबुधावीले एक विशेष कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस मनाएको छ ।

समारोहमा राजदूत, दुबईस्थित नेपाली महावाणिज्य दूतावासका नवनियुक्त महावाणिज्यदूत, राजदूतावास तथा महावाणिज्य दूतावासका कूटनीतिक कर्मचारी र युएईमा रहनुभएका विभिन्न नेपाली सङ्घसंस्थाका प्रतिनिधि, विभिन्न पेसा र व्यवसायसँग सम्बन्धित व्यक्तिलगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै महामहिम राजदूत तेजबहादुर क्षेत्रीले गणतन्त्र दिवसका अवसरमा युएईलगायत देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभयो । महामहिम राजदूतले नेपाली जनताको ठूलो बलिदानपछि प्राप्त भएको गणतन्त्रको संस्थागत विकास गर्दै मुलुकमा दिगो विकास, शान्ति, समृद्धि तथा सुशासन कायम गर्नु हामी सबैको दायित्व रहेको बताउनुभयो ।

महावाणिज्यदूत हरिप्रसाद ओडारीले गणतन्त्रका मूल्य र मान्यतालाई आत्मसात् गर्दै सबैले इमान्दार, कर्तव्यनिष्ट र देशप्रेमको भावनाले कार्य गर्न र मुलुकप्रति समर्पित हुन आजको दिनले सबैलाई प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गर्नुभयो ।

सो अवसरमा युएईमा क्रियाशील विभिन्न राजनीतिक दलसँग आबद्ध सङ्घसङ्गठन तथा एनआरएनए एनसीसी युएई, पत्रकार महासङ्घलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले छुट्टाछुट्टै शुभकामना व्यक्त गर्दै नेपाल र नेपालीको समृद्धिका लागि आ–आफ्ना क्षेत्रबाट योगदान गर्नुपर्ने कुरामा जोड दिनुभयो । राजदूतावासले गणतन्त्रका दिवसका अवसरमा तीन दिनसम्म साँझ दीपावली गरी मनाउने कार्यक्रम तय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय