latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

खजुरा (बाँके), १४ जेठ : डुडुवा गाउँपालिकाले किसानलाई धानको बीउ वितरण सुरु गरेको छ । यस वर्षदेखि पालिका आफैँले वीउ तयार गरेर वितरण सुरु गरेको हो । धानको मूल बीउ उत्पादन गरी पालिकाले उन्नत जातको बीउ तयार गरी भण्डारण गरेको थियो ।

समूह र सहकारी गरी जम्मा १४ सहकारीलाई ५० प्रतिशत अनुदानमा धानको बीउ बिक्री गरेको पालिकाका कृषि शाखा प्रमुख सुशीलकुमार शर्माले बताउनुभयो । उहाँका अनुसार एक सय २० क्वीन्टल उन्नत जातको र ८० क्वीन्टल मूल बीउ किसानलाई सहकारी समूहमार्फत अनुदानमा वितरण गरिएको हो । अस्सी क्विन्टल मूल बीउ लगाएपछि पालिकाले समय–समयमा प्राविधिकबाट परिक्षण गराई उत्पादनका आधारमा थप मुल बीउ खरिद गरि प्रशोधन तथा भण्डारण गर्ने प्रमुख शर्माले बताउनुभयो । धान खेतीका लागि २५ सय ८० हेक्टर क्षेत्रफल रहेको डुडुवामा यस वर्षको बीउले १४ सय हेक्टर क्षेत्रफललाई मात्र पुग्नेछ ।

यस वर्षदेखि बीउ भण्डारण सुरु गरेको डुडुवाले विस्तारै बीउ उत्पादनमा जोड दिने पालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । पहिलो पटक धानको बीउ तयार गरेको पालिकाले यसवर्षदेखि गहुँको बीउ पनि प्रशोधन गर्ने तयारी गरेको छ । करिब दुई सय क्विन्टल गहँु खरिद गर्ने लक्ष्य लिएकाले किसानको मागका आधारमा थप वृद्धि गर्दै जाने शाखा प्रमुख शर्माले बताउनुभयो । उहाँले अहिले गहँु बालीको प्राविधिकमार्फत ल्याब परिक्षण गर्ने कार्य भइरहेको बताउनुभयो । किसानलाई पालिका आफैँले बीउ वितरण गरेपछि कृषि उत्पादनमा वृद्धि हुने, अन्यत्र खोज्न जान नपर्नेलगायत सुविधा भएको छ ।

डुडुवामा करिब ९० प्रतिशत किसान खेतीपातीमा निर्भर रहेकाले पालिकाले किसानको सहजताका लागि बीउ उत्पादन गरी घरसम्म पु¥याउने लक्ष्यका साथ विशेष कार्यक्रम ल्याएको अध्यक्ष चौधरीले बताउनुभयो । उहाँले बीउमा आत्मनिर्भर बनाउने रणनीति अनुसार बीउ भण्डारण तथा प्रशोधनका लागि अत्याधुनिक प्रशोधन प्लान्ट जडान गरी सञ्चालनमा ल्याइएको बताउनुभयो । डुडुवाले आगामी दिनमा सबै कृषि बालीको बीउ उत्पादन तथा भण्डारण कार्य गर्ने कृषि शाखाले जनाएको छ । बीउ उत्पादनलाई प्रशोधन र बजारीकरणका लागि डुडुवा–२ स्थित सात सय मेट्रिकटन क्षमताको भण्डारण केन्द्र स्थापना गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय