latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

मलेशिया गएको छोरा ९ वर्षसम्म पनि फर्किएन,आमाको रुवा’बा’सी(भिडियो हेर्नुस)

तेह्रथुम जिल्लाको लालिगुँरास गाउँपालिका ४ घर भएकी यामकुमारी सुवेदी आफ्नो छोरा ९ वर्ष देखि घर नफर्किएको भन्दै मिडियामा आएकी छिन । वैदेशिक रोजगारको लागि ९ वर्ष अघि मलेशिया गएको छोरा सागर अहिले सम्म सम्पर्कमा नआएको आमाले बताएकी छिन् । ५ महिनाकि छोरी र अर्को एक सानो छोरा सहित श्रीमती छोडेर मलेशिया गएको छोरा उतै बेपत्ता भएको आमाले बताएकी छिन् । छोरा हराएको पिडाले बुवा पनि अहिले बिरामी भएको आमाले बताएकी छिन्

बुढेसकालमाको सहारा बन्ला भन्ने छोराकै श्रीमती र नातिनातिना हुर्काउनु पर्ने अवस्था आएको उनको भनाई छ । छोरा हराएको यत्तिको समय सम्म बुहारीले कुरेर बसेको उनको भनाई छ । अब बुहारी पनि बिदेश जान लागेको आमाले बताएकी छिन् । छोरा मलेशिया गएको ४ वर्ष सम्म फोनमा सम्पर्क गर्ने गरेको आमाले बताएकी छिन । तर त्यस पछि भने कुनै सम्पर्क हुन नसकेको उनको भनाई छ । साना छोराछोरी आफुले दुख गरेर हुर्काएको उनको भनाई छ । घरमा परिवारकै सल्लाहमा छोरा मलेशिया गएको आमाले बताएकी छिन् ।

सागर मलेसियाको जोरबारु भन्ने स्थानमा पहिले बस्ने गरेको उनको भनाई छ । तर अहिले त्यही भएको या अन्यत्र कतै भएको त्यो भने आफुलाई थाहा नभएको सागरकी आमा बताउँछिन । विदेश गएर छोराछोरीलाई राम्रो स्कुलमा पढाउछु भन्न थाले पछि आफुले ऋण खोजेर पठाएको आमाले बताएकी छिन् । तर अहिले छोराछोरी नै बिर्सिएर हराएको उनले बताईन । आफुहरुको लागि नभएपनि छोराछोरी र श्रीमतीका लागि पनि घरमा सम्पर्क गर्न उनले छोरालाई आग्रह गरेकी छिन ।

अहिले त घरमा श्रीमान पनि बिरामी भएको र आफू एक्लै भएको उनले बताईन । बुहारी पनि घर छोडेर बहिर बसेको उनले बताईन । अहिले सारगरले नेपाल बाट फोन गर्दा पनि नम्बर ब्लक लिस्टमा राखेको आमाले बताएकी छिन् । बिदेश गएर सुख देला छोराले भन्ने थियो तर उल्टै दुख दिएको उनको गुनासो छ । आफुलाई अहिले छोरा, श्रीमान, नानिनातिना सबै तिरको पिर भएको उनी बताउँछिन । यहाँ खान लाउन कुनै दुख नभएकोले बिदेश नजानु पनि आफुहरुले त्यो बेला भनेको आमा बताउँछिन ।

तर छोराले जाने बताए पछि आफुहरुले छोराको इच्चा नबिगारेको उनको भनाई छ । जे जस्तो भएनी खाएकै थियो आमाले बताएकी छिन् । जहाँ भए पनि सम्पर्कमा आएर एक पटक घर आउन उनले सागरलाई आग्रह गरेकी छिन । यति फेरि जान मन भए सल्लाह गरेर फेरि जान पनि उनले आग्रह गरिन । तर एक पटक भने घर आएर जान सागरलाई उनको आग्रह रहेको छ । यदि कुनै समस्यामा भएको भएनि आफुहरु सहयोग गर्न तयार भएको उनको भनाई छ । (भिडियो हेर्नुस)

https://youtu.be/1oq4xjMUeS8

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय