latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

गलकोट (बागलुङ), ९ जेठः दश वर्षअघि बडिगाड गाउँपालिका दगातुन्डाँडामा प्रारम्भ भएको ‘एक घर, एक धारा’ योजना हालसम्म पूरा नहुँदा त्यहाँका तीन सय ८० परिवार काकाकुलको नियति भोग्न बाध्य छन् ।

दगातुन्डाँडाका बासिन्दा खानेपानीकै कारण बसाइँ सर्न थालेका छन् । विसं २०४८ सालमा ल्याइएको खानेपानीको सार्वजनिक धारामार्फत सात सय घरपरिवार लाभान्वित गाउँमा २०७२ सालमा सोही खानेपानी मुहानमा तीन सय ८० घरलाई धारा पुर्याउन नयाँ योजना थालिएको थियो ।

पच्चीस वर्ष पुरानो योजना जीर्ण बनेपछि ‘एक घर, एक धारा’ निर्माण प्रारम्भ भए पनि १० वर्षमा पनि पूरा नभएपछि स्थानीय आक्रोशित छन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट नयाँ योजनामार्फत तीन सय ८० घरलाई खानेपानी पुर्याउने प्रयास प्रारम्भ भए पनि बजेट अभावमा १० वर्ष बित्दा पनि योजना पूरा नभएको हो । खानेपानी अभावमा स्थानीय बसाइँ हिँड्न थालेको दतातुन्डाँडाका पूर्वप्रधानपञ्च प्रेमलाल सापकोटाले बताउनुभयो ।

“तारेभिरको मुहानको खानेपानी १३ किलोमिटर तलको गाउँमा आएपछि दगातुन्डाँडावासीलाई २०४८ सालमा राहत मिलेको थियो, तर योजना २५ वर्ष पुरानो भएपछि ‘एक घर, एक धारा’ योजना ल्याइएको थियो । उक्त योजना थालेको १० वर्षसम्म पूरा भएन”, पूर्वप्रधानपञ्च सापकोटाले भन्नुभयो ।

स्थानीयको मागअनुसार वडाभर नै एक घर, एक धारा निर्माणका लागि योजना २०७२ सालमा थाले पनि बजेट अभावमा खानेपानी योजना अपूरै रहँदा समस्या भएको स्थानीय भीमलाल पोखरलले बताउनुभयो ।

दुर्लुङ, रायाँ, हमेल, नौतुवा, बेतनी, भट्टनी, थान, ढाँड, प्यालपोखरी, तुन्डाँडा, दगाको सबै गाउँ, जिमी, टुटीफेद र गहते गाउँका स्थानीयका तीन सय ८० घरमध्ये अहिले सम्म एक सय ६७ घरमा मात्र धारा पुगेको र पानी वितरणमा ढिलाइ भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनियर सुदीप आचार्यले जानकारी दिनुभयो ।

स्थानीयको श्रमदानसहित रु पाँच करोड लागत अनुमान गरिएको तारेभिर खानेपानी आयोजनामा हालसम्म रु दुई करोड ४५ लाख बजेट खर्च भइसकेको छ । आव २०७२÷७३ देखि सुरु भएको योजनामा हालसम्म आठ वटा पानी सङ्कलन ट्याङ्की, १३ किलोमिटर मुख्य पाइपलाइन, आठ किमी वितरण पाइपलाइन तयार भएको इञ्जिनियर आचार्यले बताउनुभयो ।

चालु आवमा एक सय ३५ घरमा धारा जडान गर्ने र तीन सय ८० घरमध्ये दुई सय ३५ घरमा पानी आपूर्ति गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय