latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

झापा, ५ जेठः विद्यार्थीमा भएको वैज्ञानिक खोज, सीप, ज्ञान र आविष्कारलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले कोशी प्रदेशस्तरीय प्रतियोगितात्मक विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी गरेको छ ।

सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा १२ सम्मका विद्यार्थी सहभागी हुन पाउने उक्त प्रतियोगितात्मक प्रदर्शनी यही जेठ २४, २५ र २६ गते विर्तामोडमा आयोजना गर्ने तयारी गरिएको हो । प्रदर्शनीमा कोशी प्रदेशका १४ जिल्लाका १४० माध्यमिक तहका विद्यालयको सहभागिता रहने एमाले कोशी प्रदेश विज्ञान तथा प्रविधि विभागका प्रमुख गणेश पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार प्रदर्शनीमा एउटा विद्यालयले एउटा मात्र प्रदर्शनी कक्ष राख्न पाउनेछन् भने उत्कृष्टताका आधारमा विद्यालय पुरस्कृत हुनेछन् । प्रतियोगितामा प्रथम हुने विद्यालयले रु चार लाख, दोस्रो हुनेले रु तीन लाख, तेस्रो हुनेले रु दुई लाख र चौथो हुनेले रु एक लाख पुरस्कार पाउने विभागका प्रमुख पोखरेलले जानकारी दिनुभयो । प्रदर्शनीमा भाग लिने २५ विद्यालयलाई रु २५ हजारका दरले प्रतिभा प्रोत्साहन पुरस्कार दिइने भएको छ ।

राजनीतिक दलका तर्फबाट शिक्षा क्षेत्रलाई लक्षित गरेर विज्ञान तथा प्रविधिको बृहत् प्रदर्शनी पहिलोपटक आयोजना हुन लागेको जनाउँदै पोखरेलले विद्यार्थी र विद्यालय दुवैका लागि यो कार्यक्रम ऐतिहासिक अवसर हुने बताउनुभयो । विर्तामोडस्थित देवी माध्यमिक विद्यालयमा सञ्चालन हुने प्रदर्शनीमा प्रदेशभरिका एक लाख विद्यार्थीलाई प्रत्यक्ष अवलोकन गराउने आयोजकको लक्ष्य रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय