latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

यो डरलाग्दो घटना : जहाँ एकै घरका ४ जना मान्छेको एकै पटक मृत्यु भयो

सुर्खेत । सुर्खेतमा एकै परीवारका चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कोइला बालेर कोठाभित्र सुतेका आमासहित तीन जना बालकको मृत्यु भएको हो । वीरेन्द्रनगर नगरपालिका–१० स्थिति बुदबुदीमा ३५ वर्षीया कल्पा बुढा (बिसी), ९ वर्षीय छोरा निरज बुढा, ८ वर्षीय छोरा चिरञ्जीवी बुढा र ५ वर्षीय सोमराज बुढाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरु शुक्रबार राति साढे नौ बजेतिर कोइला बालेर कोठामा सुतेका थिए । ‘ हामीले शनिबार राति साढे सात बजेतिरमात्रै घटना बारे जानकारी पाएका थियौं,’उनले भने,‘ त्यसपछि प्रहरी घटनास्थलमा गएर अनुसन्धान गरेको थियो ।

घरका कल्पनाका ससुरा वीरबहादुर बुढा पनि थिए । तर उनी शनिबार विहानै वृद्धातिर गएको र बेलुका छ बजेतिर फर्केर आउँदा बुहारी र नातिहरुलाई नदेखेपछि खोजी गरेको थिए,’ वीरबहादुर बुढाको भनाई उदृत गर्दै डीएसपी घर्तीले रातोपाटीसँग भने,‘ वीरबहादुर त्यसपछि बुहारी र नातिहरु सुतिराखेको कोठामा गए । ढोका लगाएको भित्रबाट आवाज नआएपछि वीरबहादुरले प्रहरीलाई खबर गरेका थिए ।’

उनले भने,‘कोठाभित्र खाटमुनि कोइला बालेको मात्र देखियो। मृतक चारै जनाको मुखमा फिज देखिन्छ ।’

बेलुकी साढे ७ बजेतिर घटनास्थल पुगेका जनप्रतिनिधि र स्थानीयले घरको धोका फोडेका थिए । मृतकहरुलाई पोष्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको जानकारी प्रहरीले दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय