latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

रामपुर (पाल्पा), २८ चैतः बालविवाह न्यूनीकरणका लागि पाल्पाको निस्दी गाउँपालिकाले सचेतनामूलक कार्यक्रममा जोड दिएको छ । पालिकास्तरमा बालविवाह न्यूनीकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेपछि यहाँ पछिल्ला वर्षमा बालविवाह हुने क्रम घट्दो अवस्थामा छ ।

निस्दीमा विसं २०७९ मा २७६ जोडीले बालविवाह गरेकामा २०८१ सालको हालसम्म भने यस्ता आठ जोडी मात्र रहेका बालकल्याण अधिकारी कृश्माखर पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार उमेर नपुग्दै विवाह गर्ने जोडीलाई बालमैत्री शाखाको समन्वयमा अभिभावक, जनप्रतिनिधि, प्रहरीको रोहवरमा २० वर्ष पुगेपछि मात्र विवाह गर्ने सहमतिमा छुटाइने गरिएको छ । यहाँ विसं २०८० मा ५२ जोडीले बालविवाह गरेका थिए ।

बालकल्याण अधिकारी पाण्डेले भन्नुभयो,“बालविवाह न्यूनीकरण अभियान सञ्चालनपश्चात् यस वर्षमा आइपुग्दा उमेर नपुग्दै विवाह गरेर घरजम गर्नेको सङ्ख्या न्यून हँुदै गएको छ । विद्यार्थीलाई सचेत र थप सक्रिय बनाउन विद्यार्थीमाझ जनचेतनामूलक कार्यक्रम र पालिकामा बालविवाह न्यूनीकरण गर्न २०७९ देखि विभिन्न कार्यक्रम तथा अभियान सञ्चालन भइरहेका छन् ।”

गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले आगामी २०८३ सालभित्र बालमैत्री गाउँपालिका घोषणा गर्न पालिकास्तरबाट विभिन्न कार्यक्रमका साथ युवामैत्री पालिका निर्माणमा पनि जोड दिइएको बताउनुभयो । विद्यालयमा बालविवाह न्यूनीकरण गर्न बालविकासदेखि कक्षा १० सम्मका विद्यार्थीबीच बौद्धिक तथा शारीरिक प्रतियोगिता आयोजना गर्ने गरिएको छ ।

गाउँपालिकाको अभियानअन्तर्गत वडालाई विसं २०८२ भित्र बालमैत्री वडा घोषणा गर्ने लक्ष्यसहित काम भइरहेको निस्दी–२ का वडाध्यक्ष एवं बालमैत्री शासन समिति संयोजक फत्तेसिं दर्लामीले बताउनुभयो । बालविवाहविरुद्ध सचेतना जगाउन, बालअधिकारको प्रत्याभूति दिलाउन, बालबालिकाको शारीरिक र मानसिक विकासका लागि बालमेला आयोजना गरिएको उहाँ बताउनुहुन्छ ।

सोमबार र मङ्गलबार पनि यहाँ बालमेला आयोजना गरिएको र वडा नं २ बाट सुरु भएको बालमेला यस वर्ष पालिकाको सातवटै वडामा सञ्चालन गर्ने योजना रहेको गाउँपालिकाको बालकल्याण शाखाले जनाएको छ । वडा कार्यालयको आयोजना र गाउँपालिकाको आर्थिक सहयोगमा बैशाख महिनाभित्र सबै वडामा बालमेला कार्यक्रम गरिने बालकल्याण अधिकारी पाण्डले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय