latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शुक्रबार , भाद्र २६, २०८३

ओखलढुङ्गा, २८ चैतः कोशी प्रदेशका उद्यमी किसानले कृषि कर्जामा ब्याज अनुदान पाउने भएका छन् । उत्पादनमूलक उद्यम गर्ने व्यावसायिक किसानलाई प्रदेशको उद्योग तथा कृषि मन्त्रालयले कर्जामा ब्याज अनुदान दिने जनाएको हो ।

प्रदेश सरकारले वर्षिक नीति तथा कार्यक्रम र बजेटअनुसार अनुदान परिचालन गर्न जिल्ला जिल्लामा सरोकार भएकाहरुसँग छलफल गरिरहेको छ । बुधबार ओखलढुङ्गामा कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रको संयुक्त आयोजना र प्रदेश सरकारको समन्वयमा आयोजित कार्यक्रममा उद्यमी कृषक, बैंक तथा वित्तीय संस्थाका प्रमुखहरु, गाउँपालिकाका उपप्रमुख, सबै स्थानीय तहका कृषि शाखाका प्रमुखहरुसँग कृषि कर्जामा सरकारले दिने ब्याज अनुदानको मापदण्ड र पु¥याउनुपर्ने प्रक्रियाका विषयमा जानकारी दिइएको थियो ।

कृषि क्षेत्रमा व्यावसायिक रुपमा उत्पादन, प्रशोधन, भण्डारण, बजारीकरण तथा कृषिउपजको मूल्य अभिवृद्धिका लागि बैंक, वित्तीय संस्था र सहकारी संस्थामार्फत कृषि कर्जा परिचालन गरी कृषि कर्जामा ब्याज अनुदान उपलब्ध गराइ कृषि व्यवसाय प्रवद्र्धन गर्न प्रदेश सरकारले उद्यमी किसानलाई कृषि कर्जामा ब्याज अनुदान दिने कार्यविधि पनि सार्वजनिक गरिएको छ ।

अनुदानको अवधारण, कर्जा पाउन सक्ने किसानको छनोट, कर्जा प्रवाहमा पालना गर्नुपर्ने नियम, कृषि कर्जा स्वीकृति प्रक्रिया, कर्जाको सीमा, अवधि र शर्त, ब्याज अनुदान दर, अनुदान भुक्तानी प्रक्रियालगायत विषयमा सरोकार भएकालाई मन्त्रालयका कृषि परामर्शदाता नवीन अधिकारीले जानकारी दिनुभएको थियो ।

जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराईले देशको समृद्धिको आधार कृषि नै भएकाले कृषि क्षेत्र र किसानको उत्थानका लागि सङ्घ, प्रदेश, स्थानीय तहको सक्रियता आवश्यक भएको बताउनुभयो ।

सिद्धिचरण नगरपालिकाका उपप्रमुख केदारबाबु बस्नेतले किसानमैत्री यो कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय सरकार क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय