latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

दमौली (तनहुँ), १५ चैत : एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई सीपमूलक तालिम प्रदान गरेको छ । प्रभावित क्षेत्रका बासिन्दालाई आयआर्जनमा जोड्ने उद्देश्यसहित हलुका सवारीसाधन चलाउने तालिम सञ्चालन गरिएको तनहुँ जलविद्युत् आयोजनाले जनाएको छ ।

तालिममा महिला र पुरुष गरी ३६ जनाको सहभागिता रहेको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो । छब्बीस दिनसम्म सञ्चालन हुने तालिममा आयोजना प्रभावित क्षेत्र म्याग्दे गाउँपालिकाका पाँच, ऋषिङ गाउँपालिकाका ११, भिमाद नगरपालिकाका १० र व्यास नगरपालिका १० जनाको सहभागिता रहेको भण्डारीले बताउनुभयो ।

आयोजनाको जीविकोपार्जन पुनस्र्थापन योजनाअन्तर्गत आयोजना प्रभावितका लागि दमौली र भिमादमा दुई ठाउँमा तालिम सञ्चालन भइरहेको छ । भण्डारीले भन्नुभयो, “आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई आत्मनिर्भर बनाउन तालिम आयोजना गरिएको हो ।”

यसैगरी, आयोजनाले सामुदायिक विकास कार्यक्रमअन्तर्गत ६८ वटा योजना सम्पन्न गरेको छ । उपभोक्ता समितिहरूमार्फत सञ्चालित योजना, कार्यक्रमको वातावरणीय तथा सामाजिक व्यवस्थापन सेवा प्रदायकबाट नियमित रूपमा अनुगमन तथा सुपरीवेक्षण भइरहेको भण्डारीको भनाइ छ ।

यस अवधिमा विजय आधारभूत विद्यालयको खेलमैदान, सडक निर्माणकार्य, सेती नदी बायाँ किनार संरक्षण कार्य, सिद्धबतासन सामुदायिक वनमा पोखरी निर्माण, ग्याजा महिला समूह भवन सहयोग, खानेपानी मुहान सुदृढीकरण तथा पाइप जडान कार्यको काम भइरहेको आयोजनाले जनाएको छ ।

https://youtu.be/KPYLO5fSugM

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय