latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

काठमाडौँको चन्द्रागिरिमा चक्कु हानेर एकको हत्या, अर्का एकजना घाइते

काठमाडौँ । यहाँको चन्द्रागिरि नगरपालिका– ८, गुर्जुधारामा एक व्यक्तिको चक्कु प्रहारबाट मृत्यु भएको छ ।

काठमाडौँकै मातातीर्थ घर भएका र हाल गुर्जुधारामा बस्दै आएका २६ वर्षीय रोशन रिजालमाथि आइतबार चक्कु प्रहार भएको हो । चक्कु प्रहार गरी रिजालको हत्या भएको महानगरीय प्रहरी वृत्त, चन्द्रागिरीका डीएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए । उनका अनुसार चक्कु लागेर अर्का एक जना घाइते भएका छन् ।

घटनालगत्तै प्रहरीले हत्यामा संलग्न रहेको अभियोगमा दाजुभाइ अनुज बस्नेत र अशोक बस्नेतलाई पक्राउ गरिसकेको छ । सामान्य कुरामा विवाद हुँदा उनीहरुले चक्कु हानेर रिजालको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

चक्कु प्रहार गर्नेमध्ये भाइचाहिँलाई आइतबार नै पक्राउ गरिएको र दाइचाहिँ भागेर धादिङ पुगेका बेला उतैबाट आज सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ भने मृतकको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय