latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

बीस लाख किसानलाई परिचयपत्र वितरण गरिँदै

मङ्गलबारे (इलाम), ७ चैतः कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले २० लाख किसानलाई चाँडै परिचयपत्र वितरण गरिने बताउनुभएको छ ।

इलामको रोङ गाउँपालिकाले आयोजना गरेको गुरु किसान घोषणा तथा कृषि प्रशोधन उद्योगको आज उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

रोङ गाउँपालिकाले थालेको गुरु किसान कार्यक्रम देशभर विस्तार गर्नुपर्नेमा जोड दिँदै मन्त्री अधिकारीले गाउँपालिकाबाट सञ्चालित यस्तो कार्यक्रम सङ्घीय सरकारले पनि सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी विकासमन्त्री खगेन लिम्बूले कृषि क्षेत्रको विकासका लागि पर्याप्त बजेट विनियोजन हुनुपर्ने बताउनुभयो ।

रोङ गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बोले पहिलो पटक एक सय २१ जना गुरु किसान छनोट गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय