latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३
२५ करोड बढी बिदेशी रकमसहित १ नेपाली पक्राउ ॥ सुनकिन्न चिन लादै थिए पैसा । कसको र कहाबाट आयो पैसा
https://youtu.be/KPYLO5fSugM?si=sPt645RBamtnCOHE
सोमबार राति ११ बजेतिर काठमाडौंको टोखाबाट बरामद २५ करोड १९ लाख २४ हजार ९ सय ५० रुपैयाँ बराबरको डलर र युरो कहाँ र कसरी संकलन भएको थियो भन्ने प्रश्न उब्जिएको छ । सुन किन्नकै लागि पठाउन लागिएको प्रारम्भिक सूचना मिले पनि त्यतिका धेरै रकम कसरी जम्मा गरियो भन्ने प्रश्नको उत्तर नमिलेको प्रहरीका केही अनुसन्धान अधिकारीले बताएका छन् ।
५ वर्षअघि ७ किलो अवैध सुन तस्करीको आरोपमा पक्राउ परी २०७८ पुसमा नख्खु कारागारबाट कैदमुक्त भएका कुसाङ लामा यो घटनामा पक्राउ परेका एक मात्रै व्यक्ति हुन् । प्रहरीका अनुसार यसअघिको घटनामा उनीसहित चार जना पक्राउ परेका थिए । त्यतिबेला पनि उनी भरियाका रुपमा जोडिएको अनुसन्धानबाट देखिए पनि त्यो सुनको मालिक को थियो भन्ने खुलेको थिएन ।
प्रहरीले यतिका धेरै युरो र डलर नेपाली बजारबाटै संकलन गरेर जम्मा गरिएको हो कि भारतबाट पनि ल्याइएको हो भन्ने कोणबाट अनुसन्धान अघि बढाएको छ । प्राप्त सूचनाको विश्लेषणबाट यति धेरै विदेशी मुद्रा सुन किन्नकै लागि लैजान लागिएको निष्कर्ष नजिक प्रहरी पुगेको छ ।
https://youtu.be/SbwafeZozDw?si=6VciHxa-0Kdz53rV

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय