latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

भोजपुर, २७ फागुनः पौवादुङमा गाउँपालिकास्थित सानोदुम्मा माध्यमिक विद्यालयमा ई–लर्निङ सेन्टर स्थापना गरिएको छ । विद्यार्थीलाई समयसापेक्ष प्रविधिमैत्री शिक्षणमा जोड दिन ई–लर्निङ सेन्टर स्थापना गरिएको हो ।

ईश्वर मन्दिर काठमाडौँ अभियानले विद्यालयमा ई–लर्निङ सेन्टर स्थापना गरिदिएको हो । ईश्वर मन्दिरले २० थान डेस्कटप कम्प्युटर, एक थान स्मार्ट टिभी र एक थान वाइफाई सेट वितरण गरेर यहाँ सेन्टर सञ्चालन ल्याएको हो । विद्यालयमा रु आठ लाखबराबरको सामग्री वितरण गरेर सेन्टर सञ्चालनमा ल्याइएको ईश्वर मन्दिर काठमाडौँका महासचिव सङ्केत कोइरालाले जानकारी दिनुभयो ।

ई–लर्निङ सेन्टर स्थापनाले विद्यार्थीलाई प्रविधिमैत्री शिक्षणमा सहयोग पुगेको विद्यालयका प्रधानाध्यापक खगेन्द्र ढकालले बताउनुभयो । आवश्यकताका आधारमा विद्यालय, समय र विद्यालयभन्दा अन्य समयमा पनि समूह निर्माण गरेर प्राविधिमैत्री शिक्षण गराइने उहाँले जानकारी दिनुभयो । “हाम्रो विद्यालयमा ई–लर्निङ सेन्टर स्थापना गर्न सफल भएका छौँ”, उहाँले भन्नुभयो, “सेन्टर स्थापनाले विद्यार्थीलाई समयसापेक्ष प्रविधिमैत्री शिक्षण गराउन सहज भएको छ । अब हामीले प्रविधिमैत्री शिक्षणमा जोड दिन्छौँ ।” सबै विद्यार्थीलाई प्रविधिसम्बन्धी ज्ञान प्रदान गर्न समूह निर्माण गरेर शिक्षणमा जोड दिइने उहाँको भनाइ छ ।

सेन्टर स्थापना कार्यक्रम पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै प्रविधिमैत्री शिक्षणमा जोड दिइएको बताउनुभयो । समाज सुधारको पहिलो आधार शिक्षा रहेकाले जीवनोपयोगी शिक्षणमा गाउँपालिकाले योजनाबद्ध रूपमा काम गरिहेको अध्यक्ष राईले भन्नुभयो । अध्यक्ष राईले भन्नुभयो, “गाउँपालिकासँगै विभिन्न निकायसँगको सहकार्यमा भौतिक निर्माणसँगै आधुनिक शिक्षा प्रणालीमा लगानी गरिरहेका छौँ । शिक्षाले नै समुन्नत समाज निर्माणमा सहयोग गर्ने भएकाले हामीले शिक्षाको क्षेत्रमा प्राथमिकताका साथ काम गरिरहेका छौँ, गाउँपालिकाभित्रका ३२ वटै सामुदायिक विद्यालयमा व्यवस्थित पस्ताकालयसँगै प्रविधिमैत्री बनाउन ध्यान दिएकोे अध्यक्ष राईले बताउनुभयो ।

पछिल्लो समय विज्ञान र प्रविधिले फड्को मारेकाले शिक्षण पद्धतिलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले बताउनुभयो । डिजिटल प्रविधिको शिक्षण सिकाइमा सहयोग पुर्याउने उद्देश्यले ईश्वर मन्दिर काठमाडौँ अभियानले विद्यालयमा सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।

“आजको युग विज्ञान र प्रविधिको युग हो, हामीले पनि शिक्षालाई समयसापेक्ष अघि बढाउन आवश्यक छ । दूरदराजका विद्यालयलाई प्रविधिसँग जोड्न हामीले अभियान सञ्चालन गरेर आवश्यक प्रोत्साहन गरिरहेका छौँ”, पूर्व अर्थमन्त्री कोईरालाले भन्नुभयो । ईश्वर मन्दिर काठमाडौँ अभियान २०५६ सालमा स्थापना गरेर आवश्यक प्रोत्साहन तथा सहयोगका कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय