latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

धरान (सुनसरी), २० फागुन : धनकुटाको पाख्रिबासबाट आउनुभएका मूर्तिकार शङ्कर बराइलीले यहाँको खैरेनीटारमा ढुङ्गामा विभिन्न कलात्मक आकृति कुँद्न थाल्नुभएको महिनौँ बितिसकेको छ । विभिन्न व्यक्तिका आकृति कुँदिरहनुभएका उहाँले श्रमदानका रुपमा काम गरिरहेको बताउनुभयो ।

सानैदेखि मूर्ति बनाउनमा रुचि राख्ने बराइलीले धरान उपमहानगरपालिका–४ खैरेनीटारमा श्रमदानबाट निर्माण भइरहेको ढुङ्गे पार्कमा अझ आफ्नो कलालाई निखारी रहनुभएको छ । उहाँ भन्नुहुन्छ, “मैले आफ्नो सीपलाई विकास, समृद्धि र पर्यटनमा उपयोग गर्न पाउँदा खुसी छु ।” फोहोर मैला र झाडीले ढाकेको ठाउँलाई व्यवस्थित गरेर ढुङ्गामा कलात्मक आकृतिहरु कँुदेर ढुङ्गे पार्क निर्माण भइरहेको छ । स्थानीय कला संस्कृति झल्काई श्रम संस्कृतिको नमूनाको विकास गर्न ढुङ्गे पार्क निर्माण थालिएको ढुङ्गे कला पार्क निर्माण परियोजनाका व्यवस्थापक भैरव आङ्लाले जानकारी दिनुभयो । “बनमारा र झाडी देख्दा विरक्त लाग्ने ठाउँ थियो । यो ठाउँलाई आन्तरिक र बाह्य पर्यटकको घुम्ने थलो निर्माण थालिएको हो”, उहाँले भन्नुभयो ।

धरानका नगर प्रमुख हर्क साम्पाङ राईको नेतृत्वमा श्रमदान गरी निर्माण गरिएका दर्जनौँ पार्क छन् । अझ धरानलाई थप उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सोचका साथ ढुङ्गे पार्क निर्माण थालिएको हो । पार्क निर्माणमा विभिन्न सङ्घसंस्था र दाताहरुको सहयोग छ । पार्कमा हाल खोटाङ, ओखलढुङ्गा, धनकुटा, मोरङ र सुनसरीका आठजना मूर्तिकारहरुले मूर्ति बनाइरहनु भएको छ । श्रमदानबाट बनाइएका पार्कले धरानमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी पर्यटन प्रवर्द्धन हुने धरान उपमहानगरपालिका–४ का वडाध्यक्ष धनबहादुर राईले बताउनुभयो ।

यस पार्कमा जीवित व्यक्तिका आकृतिहरु कुँदिएका छन् । जुन ऐतिहासिक र सांस्कृतिक रुपमा महत्त्वपुर्ण हुने वडाध्यक्ष राईले बताउनुभयो । पार्कमा डा सन्दुक रुइत, कुलमान घिसिङ, महावीर पुनलगायत दर्जनाँै व्यक्तिका आकृति, स्थानीय कलासंस्कृति झल्किने आकृति कोरिएका छन् । ढुङगे कला पार्कमा आउने पर्यटकले यो ठाउँलाई देशविदेशमा चिनाउने खैरैनीटारका स्थानीयवासी आनन्द राईले बताउनुभयो । पार्क निर्माण सम्पन्न नहुँदै ढुङ्गाबाट बनाइएका विभिन्न किसिमका आकृतिहरुले पर्यटकको ध्यान खिच्न सुरु गरिसकेको छ । हाल दैनिक १०० बढी पर्यटकहरु पुग्ने गरेको स्थानीयवासी राईले बताउनुभयो ।

यस पार्कमा स्वतन्त्र नागरिक समाज (म्याक्स टिम)ले धरान उपमहानगरपालिका–४ को १६ फिट अग्लो ४ नंको स्तम्भ श्रमदानबाट निर्माण गरेका छन् । श्रमदानबाट बन्दै गरेको ढुङ्गे पार्कमा आकर्षण थप्न स्तम्भ निर्माण गरेको स्वतन्त्र नागरिक समाजका मेघबहादुर राईले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय