latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

रामपुर (पाल्पा), २० फागुनः जिल्लाको निस्दी गाउँपालिका–५ स्थित निस्दी खोलामा पक्की पुल निर्माण प्रक्रिया अघि बढेको छ । गल्धाफाँट र कठैडाँडा जोड्ने गरी निस्दी खोलामा निर्माण हुने पुलको सोमबार शिलान्यास गरिएको हो ।

दुई स्पानसहितको ५३ मिटर लम्बाइ र १० मिटर चौडाइ रहेको पुल निर्माण हुने भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव भीमार्जुन पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार आरसिसी, टि–गर्डर मोटरेबल पुल ओपन फाउन्डेशन मोडलमा निर्माण हुनेछ ।

सडक पूर्वाधार विकास कार्यालय पाल्पाले रु सात करोड १० लाख १९ हजार छ सय ३३ लागत अनुमानसहित ठेक्का आह्वान गरेको थियो । शुभलक्ष्मी–शुक्रकमली–हेभन जेभी कञ्चनपुरले भ्याटसहित रु पाँच करोड ९८ लाख ६३ हजार नौ सय ३३ लागतमा दुई वर्षभित्र सम्पन्न गर्नेगरी गत कात्तिक ४ गते ठेक्का सम्झौता गरी निर्माण थालनी गरेको जनाएको छ ।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले पुल शिलान्यास गर्दै समयमा निर्माण सम्पन्न गर्न मन्त्रालयले रकमको अभाव हुन नदिने बताउनुभयो । यस पुलले गाउँका स्थानीयको जीवनस्तर उकास्न सघाउ पुग्ने उहाँको भनाइ छ ।

प्रतिनिधिसभाका सांसद नारायणप्रसाद आचार्य, लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारु, लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठ, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टङ्कनाथ खनाल, निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुलगायतले निस्दी खोलामा पुल निर्माण भएसँगै गाउँमा उत्पादित कृषिउपज बजारीकरण गर्न सहज हुने बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय