latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

दमौली (तनहुँ), ७ फागुनः जिल्लाको शुक्लागण्डकी नगरपालिका–११ स्थित साँखे देवल मन्दिरको प्रचारप्रसारका लागि धार्मिक महोत्सव गरिने भएको छ । एक सय २० वर्ष पुरानो उक्त मन्दिरको संरक्षण र प्रवर्द्धन गरी धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित बिहीबारदेखि फागुन १५ गतेसम्म महोत्सव हुन लागेको हो ।

विसं १९६० को समयमा साँखे देवलमा दुई खोलाको सङ्गमस्थलमा रहेको शङ्खाकार ढुङ्गाबाट दाहिने शङ्ख बजेको सुनेर पुजा गर्दै आएका स्थानीयहरू अहिले उक्त स्थानलाई धामका रूपमा विकास गर्न महोत्सवको तयारीमा जुटेका हुन् ।

शिवालय क्षेत्रका रूपमा परिचित यो मन्दिरमा बर्सेनि शिवरात्री पर्वमा तनहुँ र स्याङ्जासहित विभिन्न स्थानबाट भक्तजन दूध चढाउन र रातभर जाग्राम बसेर ठाँडो बत्ती बाल्न सहभीगी हुने शिवालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ अर्यालले बताउनुभयो । उहाँका अनुसार यो मन्दिरमा पूजा आराधना गर्नाले निसन्तान जोडीलाई सन्तान प्राप्ति हुने र मनोकाङ्क्षा पुरा हुने जनविश्वास छ ।

जिल्लाको शुक्लागण्डकी नगरपालिकाका साथै स्याङ्जाको हरिनास र बिरुवा गाउँपालिकाको केन्द्रमा पर्ने मन्दिरमा आयोजना गरिने धार्मिक महोत्सवले यस क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरू, जन्ते ढुङ्गा क्षेत्र, सीतापाइला, जनकवि गोकुल जोशीको जन्मस्थान, रजस्थलकोट दरबार र मिलेनियम गुफालगायत पर्यटकीय स्थानको प्रवर्द्धन गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।

श्रृङ्गारिक महाआरतीसहितको धार्मिक महोत्सवबाट सङ्कलन भएको रकमले मन्दिरको भौतिक विकाससँगै, दैनिक पूजापाठ सुरु गर्ने र राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा मन्दिरको बारेमा प्रचारप्रसर गर्ने लक्ष्य रहेको महोत्सव मूल समारोह समितिका संयोजक गङ्गाराम भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय