latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

काठमाडौँ, ४ फागुन : नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले सञ्चार तथा विज्ञापन नीति निर्माण गर्न बुढानीलकण्ठ नगरपालिकाको ध्यानाकर्षण गराएको छ । चौथो रोजगार तथा वृत्ति मेलामा नगरपालिकाको ‘शिक्षा, सीप र उद्यमशीलता, रोजगारी हाम्रो प्राथमिकता’ नारासहित वृत्ति मेलामा पत्रकारिता तथा सञ्चार क्षेत्रमा रुचि राख्ने युवाका लागि महासङ्घले आफ्नो कक्ष राखी सूचना आदानप्रदान, मार्गदर्शन तथा परामर्श प्रदान गरेको थियो ।

महासङ्घको कक्ष भ्रमण गर्ने सहभागीले पत्रकारिता क्षेत्रमा करियर बनाउन आवश्यक सीप तथा तालिम आवश्यक पर्ने बताएका उपत्यका प्रदेश समितिका महासचिव आशिष गुरागाईंले जानकारी दिनुभयो । बुढानीलकण्ठ नगरपालिकालाई स्थानीय सञ्चारमाध्यमहरूको दिगो विकास, विज्ञापन व्यवस्थापन र सूचना प्रवाहलाई प्रभावकारी बनाउन नीति निर्माण गर्न आग्रह गरिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्थानीय सञ्चारमाध्यमहरूको प्रभावकारिता बढाउन विज्ञापन तथा सूचना प्रवाहलाई व्यवस्थित गर्ने नीति बनाउनु अपरिहार्य छ ।”

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा तथा अन्य स्थानीय प्रतिनिधिसँग संवाद कार्यक्रम गरिएको थियो । महासङ्घको प्रस्तावमा स्थानीय सरकार प्रमुख–उप प्रमुखले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका थिए । महासङ्घ उपत्यका प्रदेश समितिले नगरपालिकासँग सहकार्य गर्दै स्थानीय सञ्चारमाध्यमलाई बजेट विनियोजन, विज्ञापन वितरणको मापदण्ड तथा पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न आवश्यक नीति निर्माण गर्नुपर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय