latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

बैतडी, २७ माघः दोगडाकेदार गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको छ । दोगडाकेदार–६ सित्तडमा निर्माण भइरहेको अस्पताल निर्माणको काम ९० प्रतिशत पूरा भएको र अन्तिम चरणमा पुगेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिनुभयोे ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट १० शय्याको अस्पताल निर्माणका लागि आवश्यक बजेट र कार्यक्रम प्राप्त भएअनुसार २०७८ सालको जेठ ३ मा अस्पताल निर्माणको ठेक्का सम्झौता भएको थियो । अब यो कार्य अन्तिम चरणमा पुगेको छ । यस वर्षको अन्तिमसम्म यसलाई पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको स्वास्थ्य शाखा प्रमुख नाथले बताउनुभयो ।

अस्पताल निर्माणको कूल लागत अनुमानित रु १४ करोड ६८ लाख २९ हजार छ सय ६५ रहेको र ठेक्का सम्झौतामा रु आठ करोड ५१ लाख ४६ हजार सात सय ३० तोकिएको थियो । हालसम्म रु सात करोड ८८ लाख ७२ हजार पाँच सय १७ रकम निकासा भइसकेको छ भने रु सात करोड ५१ लाख ९२ हजार छ सय १७ खर्च गरिएको छ । दुई करोड २२ लाख ४८ हजार नौ सय ६८ रकमको अतिरिक्त माग गरिएको छ ।

यसका साथै, दोगडाकेदार अस्पतालका लागि अत्याधुनिक स्वास्थ्य उपकरणको माग गरिएको छ । अस्पतालको सञ्चालन र सुविधाका लागि डिजिटल एक्स–रे मेसिन (५०० एमए), युएसजी । उपकरण (कलर डोप्टर), सी बी सी मेसिन, एनालाइजर र माइक्रोस्कोप (सी एक्स ३३ कोलम्पस) जस्ता अत्यावश्यक उपकरणहरूको सूची तयार गरेर स्वास्थ्य सेवा विभागलाई पत्राचार गरिएको छ ।

स्वास्थ्य सेवा पहिलो प्राथमिकतामा रहेको बताउँदै दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले प्रत्येक नागरिकलाई सस्तो, सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकले गाउँमै सहज र सुलभ रुपमा स्वास्थ्य सेवा दिने हाम्रो लक्ष्य छ । त्यहीअनुरुप स्वास्थ्यसम्बन्धी विभिन्न काम गाउँपालिकाले गरिरहेको छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय