latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शुक्रबार , भाद्र २६, २०८३

कम्युनिष्ट पार्टीको महाधिवेशनमा विचार, सिद्धान्त र कार्ययोजना तथा मूल्यमान्यतालाई तिलाञ्जली दिइएपछि के के न नयाँ देख्न पाइन्छ भन्दै बसाइँ सर्नेलाई कस्तो लाग्ला ? युवा पुस्ता स्वयंले ले सिक्न पाउला ? हुन तः ती पक्षमा ध्यान दिनको लागि महाधिवेशन प्रतिनिधिको छनौटदेखि नै विधि पुर्याउनुपर्ने हुन्छ ।
तर आफ्ना भएपछि जस्तालाई पनि टिप्दाको परिणाम अहिले एमाले महाधिवेशन सौराहामा देखिएको छ ।एकातिर नेताहरु भीम रावल, घनश्याम भुसाल पार्टीभित्र विचार र पध्दतिको वकालत गरिरहेका छन् । हिजो बिहानदेखि शुरु हुने भनिएको बन्द सत्र अनेक सरसल्लाह गर्दागर्दै अपरान्ह ४ बजेमात्र थालिएको थियो ।

साँझ गरमागरम बहस र आलोचना भएपछि आज बिहान १० बजेसम्मलाई बन्द सत्र स्थगित गरिएको छ ।एकथरि प्रतिनिधिलाई भने बन्द सत्र किन लम्बियो,नेताहरुबीच किन वादप्रतिवाद भइरहेको छ, विवादको चुरो के हो भन्नेबारे कौडी थाहा छैन । एमाले अध्यक्ष केपी शर्मा ओलीका निकट पात्रको रुपमा

 

झापाबाट गोदावरी र चितवन दुबैतिर प्रतिनिधि मनोनीत र मार्सी उपनामले चर्चित दुर्गा प्रसाईले सौराहामा भइरहेको पार्टीको बन्द सत्रवारे आफूलाई केही थाहा नभएको बताएका छन् ।आफू यस्तो कार्यमा अहिलेसम्म संलग्न नभएको भन्दै प्रसाइँले थपेका छन्, ‘बन्द के हो,सत्र के हो मलाई थाहा छैन ।दुई दिनदेखि सबैले भात खाने र घाँटीमा कार्ड झुण्डाउने बाहेक केही गरेको छैन ।’ उनले अगाडि भनेका छन्, ‘यहाँ केही काम भएको छैन । अहिलेसम्म केही भएको छैन । सहमति गर्नु थियो भने यसरी भेला गर्नु हुँदैन थियो । सबैभन्दा राम्रो पक्ष चुनाव हो ।

एमाले महाधिवेशनमा चम्कियो अल्लो कपडाको व्यापार, दिनकै एक लाख कमाउँछन् बुढामगर दम्पती

कुलप्रसाद काफ्ले/चितवन, १२ मंसिर ।प्युठानका खिमबहादुर बुढामगर दम्पतीलाई एमालेको १०औँ राष्ट्रिय महाधिवेशन बन्दसत्र स्थल सौराहामा अल्लो (सिस्नोको प्रजाति) को कपडा बेच्न भ्याइनभ्याई छ । अल्लोको धागोबाट आफैले बनाएको कोट, टोपी र झोला बेच्न उनीहरू प्युठानदेखि चितवन आएका हुन् ।खिमबहादुर र उनकी श्रीमती चित्रकली बुढामगर दिनभर कपडा बेच्नमा व्यस्त देखिन्छन् । एमालेको महाधिवेशनलाई उनीहरूले राम्रो मौकाका रूपमा लिए । एमालेले चितवनमा महाधिवेशन गर्ने तय भएपछि बुढामगरका दम्पती अल्लोको कपडा बेच्न चितवन आउने निधो गरे ।

नारायणी नदी किनारमा १० मंसिरमा महाधिवेशनको उद्घाटन हुँदै थियो । उनीहरू ७ मंसिरमै चितवन आइपुगे । त्यही दिनदेखि नदी किनारमा मञ्चको अगाडि कपडा बेच्न थाले । राति नारायणगढ लिलाचोकस्थित एक अतिथि सदनमा बास बसे ।बन्द सत्रका लागि सहभागीहरू १० मंसिरको राति महाधिवेशन प्रतिनिधि सौराहा आए । उनीहरू पनि कपडा बेच्नका लागि सौराहा आएका हुन् । ‘बन्दसत्र यहाँ (सौराहा) हुने भएपछि हामीहरू पनि यहीँ आयौँ । शनिबार ९५ हजारको व्यापार भएको थियो’, खिमबहादुरले भने ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय