latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

ईलाम राम आङदेम्बे
देशकै चर्चित गायक ,गायिका तथा कलाकारहरु उत्पादन गरेको किरात साम्यो साक्थिगेन मुजोत्लुङ पान्जुभोको आयोजनामा यस वर्ष माङसेबुङमा गायन प्रतियोगिता हुने भएको छ। किरात धर्म गुरु मुहिगुम अंशीमाङ लिङदेन आत्मानन्द ” सेईङ” ज्युको ६८अौ शुभ जन्मोत्सव तथा अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवा  कार्यक्रमको सु अबसर पारेर पहिलो पटक गायन प्रतियोगिता गर्न लागेको पान्जुभोका सदस्य अनिस हाङ लावतीले जानकारी दिनु भयो।

गायन प्रतियोगिताको शीर्षक ” माङसेबुङ ईक्ला ” रहेको उक्त कार्यक्रममा
प्रतियोगी सहभागी कलाकारहरुले मातृभाषाका गितहरुमात्र गाउन पाउने नियम कार्यक्रमका आयोजक टिमले यस अघिनै जानकारी गराईसकेको, साथै कार्यक्रमलाई भव्य र सभ्य बनाउन सबै माझ उपस्थितीको समेत आग्रह गरिएको आयोजक संस्थाले जनाएको छ।माङसेबुङ ईक्ला प्रतियोगिता कार्यक्रममा प्रतियोगी कलाकारहरुले आ आफ्नो मातृभाषामा आधारित एउटा गीत गाएर भिडियो रेकर्ड गरी आयोजक किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोमा मिति २०७८ साल मंसिर १० गते दिनको ४ बजेभित्र Whatsapp 9815975302 मार्फत भिडियो पठाउन समेत आग्रह गरिएको छ

स्मरण रह‍ोस

कार्यक्रमलाई अझ रोचक बनाउन प्रथम नेपाली तारा दिपक लिम्बुको समेत उपस्थिती र बेजोड प्रस्तुती रहनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय