latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

तुलसीपुर, १४ माघः दाङको राप्ती गाउँपालिकाले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको छ ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतका अनुसार पालिकाभित्रका दुई हजार आठ सय १२ जना किशोरीलाई खोप लगाउन सम्पूर्ण तयारी अन्तिम चराण्मा पुगेको छ । सामुदायिक र संस्थागत विद्यालयका दुई हजार सात सय १६ र विद्यालय बाहिर रहेका ९६ जना किशोरीलाई खोप लगाइने उहाँले बताउनुभयो ।

यही माघ २२ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने यो कार्यक्रम विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका बालिका तथा किशोरीलाई लक्षित गरिएको छ ।

कार्यक्रमका लागि पालिकाभित्रका विभिन्न स्वास्थ्य संस्था र विद्यालयलाई खोप केन्द्र निर्धारण गरिएको छ । खोप कार्यक्रम सञ्चालनका लागि ३४ स्वास्थ्यकर्मी, ६६ जना महिला स्वास्थ्य स्वयंसेविका तथा शिक्षक परिचालन गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय