latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

गोरखा, १२ माघ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षालाई पहिलो प्राथामिकतामा राखेर लगानी गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ । गोरखा नगरपालिका–८, आहालेस्थित श्री सरस्वती माध्यामिक विद्यालयको स्वर्ण जयन्ती तथा अभिभावक दिवस समारोहको समापन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्नुहुँदै उहाँले शैक्षिक गुणस्तर अभिबृद्धिका लागि अहिलेको लगानी पर्याप्त नभएको उल्लेख गर्नुभयो ।

 

‘‘अहिले शिक्षामा दश प्रतिसत मात्र सरकारको लगानी छ, यसलाई बढाउनुपर्छ, संघीय, प्रदेश र स्थानीय सरकार तीनै तहवाट शिक्षामा कति लगानी गर्ने भन्ने पनि सुनिश्चित गर्नुपर्छ, मन्त्री भट्टराईले भन्नुभयो, ‘‘अहिलेको लगानीलाई बढाएर कुल बजेटको २० प्रतिसत शिक्षामा लगानी गर्नका लागि सङ्घीय सरकारले आफुलाई तयार गर्नुपर्छ ।’’शिक्षालाई थप गुणस्तरीय बनाउन सरकारले लगानी बढाउनुपर्ने बेला आएको जनाउँदै उहाँले सामुदायिक विद्यालयको शैक्षिक स्तरोन्नतीका लागि समुदायसमेत सचेत र जागरुक हुनुपर्नेमा जोड दिनुभयो । ‘‘शिक्षामा लगानी बढाउने कुरा हामीले अन्तराष्ट्रिय रुपमा पनि प्रतिवद्धता व्यक्त गरेका छौ, मन्त्री भट्टराईले भन्नुभयो, ‘‘राष्ट्रिय रुपमा हाम्रो संविधानले नै शिक्षामा लगानी गर्नुपर्ने कुरा निदृष्ट गरेको छ ।’’
मन्त्री भट्टराईले सवैभन्दा पहिला संस्थागत विद्यालय राम्रो र सार्वजनिक विद्यालय नराम्रो भन्ने सोचलाई परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । ‘‘सार्वजनिक विद्यालयमा राम्रो शिक्षा पाएका थुप्रै उदाहरण छन्, उहाँले भन्नुभयो, ‘‘सार्वजनिक विद्यालयमा सिङ्गो समुदायले गरेको मेहनत र सरकारले दिएको साथमा अपर्याप्त छ भने सवैको खवरदारी गर्नु जरुरी हुन्छ ।’’

ऐन, कानुन र नीति नियममा भएका सवै खालका समस्याको हल गरेर शिक्षा क्षेत्रको विकासका लागि सरकार अघि बढिरहेको उहाँले बताउनुभयो । ‘‘आज पढ्न पाएर मात्र भएन, कस्तो विद्यालयमा पढ्ने, कहाँ पढ्ने, शिक्षकहरु कस्तो हुनुहुन्छ, कसरी पढाउनुहुन्छ, कस्तो पाठ्यपुस्तक छ, यी समग्र अवस्थामा आधारमा विद्यार्थी विद्यालयमा आउछन्, मन्त्री भट्टराईले भन्नुभयो, ‘‘अब हिजोको जस्तो पढ्न पाएर मात्र हँुदैँन ।’’–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय