latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

कञ्चनपुर, ८ माघः यहाँको शुक्लाफाँटा नगरपालिका–१० वडा कार्यालयको चारैतिर सजाइएका गमलामा फूल फूलेका छन् । हेर्दै आकर्षक देखिने कार्यालय परिसरमा बिहानै फूलबारी गोडमेल गर्दै, गमलाका फूलमा पानी हाल्दै गरेको अवस्थामा वडाध्यक्ष लालबहादुर ऐर भेटिनुहुन्छ ।

कार्यालयबाहेकको समय वडाध्यक्ष ऐरले फूलबारीको रेखदेखमा व्यस्त बन्नुहुन्छ । एक वर्षदेखि उहाँले फूल गोडमेल गर्ने, सिँचाइ गर्ने, बारी बनाउनेलगायत काम आफैँले गर्दै आउनुभएको हो । उहाँले कार्यालयमा कर्मचारी आउनु पहिले नै फूलमा पानी हाल्ने, सडक क्षेत्र सरसफाइ गर्नेलगायत काम आफैँले गर्दै आउनुभएको छ ।

आफूले पाउने केही पारिश्रमिक छुट्याएर कार्यालयलाई आकर्षक बनाउन लागेको वडाध्यक्ष ऐरले बताउनुभयो । कार्यालयमा आउने सेवाग्राहीले पालो पर्खंदा फूलसँग रमाउने बताउँदै यसले सेवाग्राहीलाई आनन्दित बनाएको उहाँको बुझाइ छ ।

“फूलबारी निर्माणले कार्यालयको सौन्दर्यता बढाउनुका साथै सेवाग्राहीले पालो कुरिरहँदा पनि फोटो खिच्ने, टिकटिक बनाउनेलगायत गतिविधिमा संलग्न भएर आनन्द अनुभूति गरिरहनुभएका पाएका छौँ”, वडाध्यक्ष ऐरले भन्नुभयो, “यसले वातावरण स्वच्छ राख्न मद्दत पनि गरिरहेको छ ।” फूलबारी बनाउने कामले समाजमा सकारात्मक सन्देश जानुका साथै अरुले पनि यसको अनुसरण गरेर घरघर सजावट गर्न प्रेरणा मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

कार्यालयको काम नहुँदा पसल, चोक, चौराहमा अनावश्यक गाफमा भुल्नुभन्दा परिसरमा रहेको बाँझो जमिनको उपयोग गरी फूलका बिरुवा रोपेर हराभरा बनाउनेतर्फ जुटेको वडाध्यक्ष ऐरले बताउनुभयो । बारीमा स्थानीय प्रजातिका साथै बाहिरबाट मगाएर एक सय बढी प्रजातिका बिरुवा रोपेको उहाँले जानकारी दिनुभयो ।

गाउँमा अन्यत्र नपाइने प्रजातिका फूल वडा कार्यालयको बारीमा फूलेका स्थानीय सुरेश भट्टले बताउनुभयो । “कार्यालयको मुहार फूलबारीले सुन्दर र आकर्षित बनाएको छ”, उहाँले भन्नुभयो, “पहिले कार्यालय परिसरमा आउँदा धुलो मात्रै देखिन्थ्यो, अहिले भुइँमा सिमेन्टका टायल विछ्याएका छन्, वरिपरी पूरै फूलबारीले हराधरा दसखन्छ, तनाव लिएर कार्यालय जाँदा फूलबारीको सुन्दरताले आनन्दित बनाउँछ ।”

वडामा रहेका बेला वडाध्यक्ष आफैँले फूलबारीमा बिरुवा रोप्ने, गोडमेल तथा झारपात उखेलर सफा गर्ने, सिँचाइ गर्नेलगायत काम गर्ने कर्मचारी केशवराज जोशीले जानकारी दिनुभयो । “वडाध्यक्ष जिल्ला बाहिर गएका बेला कर्मचारीले फूलबारीको रेखदेख र स्याहार गर्दै आएका छौँ”, उहाँले भन्नुभयो ।

आगामी दिनमा कार्यालय परिसरमा बाँकी रहेको जमिनमा हरियालीका लागि चाइनिज दुवो रोप्ने र पोखरी बनाउने योजना रहेको वडाध्यक्ष ऐरले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय