latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भोलि शुक्रबारसम्ममा पदबाट राजीनामा गर्न नेपाल बार एशोसिएसनले ‘अल्टिमेटम’ दिएको छ ।

बिहीबार दिउँसो पत्रकार सम्मेलन गरेर बार एशोसिएसनले प्रधानन्यायाधीश जबरालाई शुक्रबारसम्ममा राजीनामा दिन दवाव दिएको हो ।

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबारसम्म प्रधानन्यायाधीशको राजीनामा नआए आफूहरुले थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतमा अनियमितता र भ्रष्टाचारको नेतृत्व गरेको आरोप लगाउँदै श्रेष्ठले भने –‘प्रधानन्यायाधीशमा नियुक्त भएदेखि नै न्यायालयमा भ्रष्टाचार र अनियमितताको अध्याय शुरु भएको हो ।

न्यायालयमा सुधारका निम्ति बार एशोसिएशनबाट पटक पटक आन्दोलन गरिएको इतिहास छ भन्दै उनले भने –‘त्यो इतिहासलाई साक्षी राखेर अहिले पनि आन्दोलनमा होमिएका छौं ।

बिहीबार प्रहरी हस्तक्षेपमा सामान्य घाइते भएका श्रेष्ठले आफ्नो शरीरमा लागेको घाउलाई आफै निको पार्ने तर न्यायलय सुधारका लागि थालिएको आन्दोलनबाट नभाग्ने पत्रकार सम्मेलनमा उद्घोष गरे ।

फुलकोर्टबाट गोलाप्रथा पारित

सर्वोच्च अदालत ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै बारले आन्दोलन जारी राखेकै बेला बिहीबार सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बस्यो ।

प्रन्या जबराको अध्यक्षतामा बसेको बैठकले गोलाप्रथाबाट मुद्दा हेर्ने निर्णय पारित गरेकोमा सो निर्णय कार्यान्वयनका लागि नियमावली समेत संशोधन गरी पास गरेको हो ।

सर्वोच्च अदालतको पूर्ण बैठकले नियमावली संशोधन गरेको र निर्देशिका समेत पास भएको सर्वोच्च स्रोतले जनाएको छ । नियमावलीको नियम २० मा रहेको निर्देशिका परिवर्तन गरिएको बताइन्छ ।

निर्देशिका राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछ भने उक्त निर्देशिका लागू भएसँगै सर्वोच्चका न्यायाधीशहरुले गोलाप्रथाबाट आफ्नो पेशी रोज्नेछन् ।

नियमावली पारित भएपछि आफूहरु इजलासमा फकिने भए पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग भने कायमै रहने न्यायाधीशहरुले जनाएका छन् । उनीहरुले बारले जारी राखेको जबराको राजीनामाको मागमा ऐक्यबद्ध रहेको बताएका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय