latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

दुवै मिर्गौला फेल भएर अस्वस्थ भएकी कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ हाँस्य सिरियल‘मेरी बास्सै’मा फर्किएकी छिन्। स्वास्थ्य अवस्थामा सुधार आएपछि उनी छ महिनापछि पुन: ‘मेरी बास्सै’ को छायाङ्कन सेटमा फर्किएकी हुन्।

धेरैपछि ‘मेरी बास्सै’ को सेटमा फर्किँदा निकै खुसी लागेको उनले बताइन्। आजदेखि ‘मेरी बास्सै’ को एपिसोडमा आफूलाई दर्शकले देख्न पाउने पल्पसाले सुनाइन्।

‘पहिले देखि नै गरिरहेको काममा फर्किँदा निकै खुसी लागेको छ। सबैले न्यानो स्वागत र मायाले अझै हौसला मिलेको छ। अब प्रत्यारोपण नहुन्जेलसम्म ‘मेरी बास्सै’ मा मलाई दर्शकले देख्न पाउनुहुनेछ’ उनले भनिन्।

मिर्गौला दिन परिवारबाट नै एकजनाको क्रस म्याच भइसकेको भएता पनि सरकारी काम भने बाँकी रहेको उनले बताइन्। आगामी माघमा मिर्गौला प्रत्यारोपण हुने उनको भनाई छ।

पाँच वर्षअघि पल्पसालाई पहिलोपटक मिर्गौलाको समस्या देखिएको थियो। तर, परिवारका कसैलाई पनि उनले यसबारे जानकारी दिइनन्। श्वास फेर्न गाह्रो भएपछि उनलाई गत जेठमा टिचिङ अस्पताल लगिएको थियो। त्यसपछि उनको दुबै मिर्गौला फेर्नु पर्ने चिकित्सकहरुले बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय