latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

काठमाडौं । केही दिनदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको विपक्षमा मात्रै नभई पक्षमासमेत आन्दोलन हुन थालेको छ ।

जबरालाई निकाल्न नपाईने भन्दै एकथरी समूह विरोध प्रदर्शनमा उत्रिएको छ भने अर्को समूह जसरी पनि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने बताइरहेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पक्षमा आन्दोलनमा आउनेलाई लज्जास्पद ढंगबाट नगद हातहातमा बाढिएको दृश्य बाहिरिएको छ ।

उनको पक्षमा भइरहेको स्वतन्त्र न्यायालयको नामको आन्दोलनमा सहभागीहरुलाई नगदै पैसा बाढिएको पाइएको हो ।

प्रदर्शनमा सहभागीहरुलाई विचौलियाहरुले प्रतिव्यक्ति ४ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म दिएको पाइएको हो । प्रधानन्यायाधीश जबराको पक्षमा उनीहरुले केहीदिन अघि देखि माइतीघर मण्डलामा प्रदर्शन गर्दै आएका छन् ।

खुजुरा पैसा नभएपछि विचौलियाहरुले स्थानिय पसलबाट खुजुरा साट्दै सहभागीलाई ४ सयदेखि १ हजार रुपैयाँ सम्म वितरण गरेका हुन् ।

सोमबार प्रदर्शनमा आएका सहभागीहरुले ‘भोली नेपाल बन्दको पनि पैसा चाहिन्छ’ भन्दै आवाज समेत उठाएका थिए ।

आन्दोलनमा सहभागीहरुले नाम लेखाएपछि मात्रै प्रति व्यक्तिका दरले पैसा पाइने बताए । ‘घरमा यसै बस्नु भन्दा ५ सय भनेपनि आउँछ । ७–८ दिन यस्तै चलिरहे त ८–१० हजार कमाई हुन्थ्यो,’ एक सहभागीले भने, ‘म त जावलाखेलमा मजदुरी गर्ने मान्छे हुँ ।’

आन्दोलनमा सहभागीहले कसैले एक हजार पाएको त कसैले २ हजार पाएको बताए । कतिपयले भने ४ सय रुपैयाँमै आन्दोलनमा आएको बताए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय